IME Life New

निर्जीवन बीमकले १० महिनामा कुन क्षेत्रबाट कति ल्याए व्यापार ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको वैशाखसम्म ३५ अर्ब ८६ करोड रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको १० महिनाको अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन लघु बीमा कम्पनीहरुले २६ लाख ६६ हजार ८८७ वटा बीमालेख बिक्री गरेर ३५ अर्ब ८६ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

यो १० महिनाको अवधिमा कम्पनीहरुले मोटर बीमाको सर्वाधिक व्यापार गरेका छन्। मोटर बीमामार्फत कम्पनीहरुले वैशाखसम्म १० अर्ब ७७ करोड ८७ लाख रुपैयाँको कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३०.०५ प्रतिशत देखिएको छ।

यसैगरी दोस्रो सर्वाधिक धेरै व्यापार कम्पनीहरुको सम्पत्ति बीमातर्फ देखिएको छ। वैशाखसम्म सम्पत्ति बीमामार्फत कम्पनीहरुले ९ अर्ब ३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा सम्पत्ति बीमाको हिस्सा २५.२० प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको वैशाखसम्म कम्पनीहरुले इन्जिनियरिङ र ठेक्कातर्फ ६ अर्ब ६ करोड ३४ लाख रुपैयाँ, विविधतर्फ कम्पनीहरुले ३ अर्ब ८५ करोड ९ लाख रुपैयाँ, सामुद्रिकतर्फ २ अर्ब १० करोड २४ लाख रुपैयाँ, हवाईतर्फ १ अर्ब ९० करोड ११ लाख रुपैयाँ, पशुपन्छी तथा कृषितर्फ १ अर्ब ३५ करोड २ लाख रुपैयाँ र लघुतर्फ ७८ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापारमा इन्जिनियरिङ र ठेक्काको १६.९१ प्रतिशत, विविधको १०.७४ प्रतिशत, सामुद्रिकको ५.८६ प्रतिशत, हवाईको ५.३० प्रतिशत, पशुपन्छी तथा कृषिको ३.७६ प्रतिशत र लघुको २.१८ प्रतिशत हिस्सा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS