IME Life New

प्राधिकरण अध्यक्ष ओझाले बीमा कम्पनीसँग आफूखुसी किन मागे स्पष्टीकरण ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सबै जीवन र निर्जीवन बीमकसँग लेखापरीक्षण र सामाजिक उत्तरदायित्वलगायतको विषयमा स्पष्टीकरण मागेको छ।

प्राधिकरण अध्यक्ष शरद ओझाले सञ्चालक समितिको निर्णय बिनै सुपरिवेक्षण शाखामार्फत जीवन तथा निर्जीवन बीमकसँग स्पष्टीकरण माग गर्न लगाएका हुन् । जेठ ९ गते जारी पत्रमा सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।

Crest

बीमा ऐन, २०७९ दफा ८७ को उपदफा १ बमोजिम ३ महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने र उपदफा ५ बमोजिम लेखापरीक्षण भएको ३० दिनभित्र प्राधिकरणसमक्ष पेस गर्नुपर्ने प्रावधान छ। केही बीमकले गत आर्थिक वर्ष २०८०।८१ को बीमांकी मूल्यांकन नै पेश गर्न सकेका छैनन् भने केहीको बीमांकी मूल्यांकन स्वीकृत भए पनि लेखा परिक्षण प्रतिवेदन तयारीको क्रममा रहेको छ। केहीले साधारण सभा गरिसकेको र केहीको साधारण सभा मितिको घोषणा भइसकेको छ।

ऐनको प्रावधान बाध्यकारी भएपनि बीमांकीय मूल्यांकन, प्राधिकरणको निर्देशन, बीमांकीको राय, भावी बोनश दर र मुनाफा बाँडफाँट, जोखिम आधारित पुँजीको व्यवस्थापनलगायतको विषयका कारण बीमांकी मूल्यांकन स्वीकृतिमा ढिलाइ हुँदा बीमकको काबु बाहिरको परिस्थिति रहेको बीमकको जिकीर छ।

बीमा प्राधिकरणले जारी गरेको संस्थागत सुशासन निर्देशिका, २०८० को दफा ४५ को उपदफा २ बमोजिम सामाजिक उत्तरदायित्वमा खर्च नगरेको हुँदा बीमा ऐन, २०७९ को दफा १३४ बमोजिम कारबाही वा १३८ बमोजिम जरिवाना गर्न सक्ने प्रावधान छ।

action

तत्कालीन बीमा समितिले २०७९ असार ९ गते २०७६।७७ र २०७७।७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाएका बीमकलाई ऐन, २०४९ को प्रावधान अन्तर्गत नगद जरिवानासहित कारवाही गरेको थियो।

सामाजिक उत्तरदायीत्वबापतको खर्च नभएको रकम खप्टिदै गएर सोही कोषमा जम्मा हुँदै जान्छ। वाणिज्य बैंकको तुलनामा बीमा कम्पनीसँग यस्तो कोषबापतको रकम न्यून हुन्छ। अर्कोतर्फ ७५ वर्ष लामो इतिहासमा सामाजिक उत्तरदायित्वको प्रावधान प्राधिकरणले तीन वर्ष अघिमात्र लागू गरेकाले बीमकले यो संस्कृतिका रुपमा स्वीकार्न नसकेको अवस्था देखिएको छ।

व्यावसायिक कारोबारको आकारमा ठूला वा २०७४ सालमा स्थापित जीवन बीमक भने यो शीर्षकमा रकम खर्चिन उदार देखिएका छन्, यसको ठीक विपरीत केही बीमकले मुठी कसेका छन् ।

निर्जीवन बीमकको साधारणसभा

शिखर इन्स्योरेन्स फागुन १३ गते, सिद्धार्थ प्रिमियर फागुन १५ गते, आईजीआई प्रुडेन्सियल २५ गते, हिमालयन एभरेष्ट २७ गते, नेपाल इन्स्योरेन्सको चैत १९ गते, सानिमा जीआईसी २१ गते, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वैशाख २८ गते, स्टार माइक्रो वैशाख २९ गते, ट्रस्ट माइक्रोको जेठ १ गते र नेको इन्स्योरेन्सको जेठ ९ गते सम्पन्न भएको छ। सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७४।७५ सम्मको मात्र साधारणसभा सम्पन्न भएको छ।

यसैगरी नेपाल माइक्रो इन्स्योरेन्सको जेठ १६ गते र एनएलजी इन्स्योरेन्सको जेठ २९ गते साधारणसभाको मिति तय गरेको छ।

जीवन बीमकको साधारणसभा

सूर्यज्योति लाइफको पुस ६ गते, नेपाल लाइफको माघ २८ गते, आइएमई लाइफको फागुन २५ गते, सानिमा रिलायन्स लाइफको चैत ८ गते, गार्डियन माइक्रो लाइफको चैत ११ गते र सिटिजन लाइफको चैत १५ गते साधारणसभा सम्पन्न भइसकेको छ। क्रेस्ट माइक्रो लाइफको जेठ २३ गते, प्रभु महालक्ष्मी लाइफको जेठ २६ गते, लिबर्टी माइक्रोको असार २ गते र रिलायबल नेपाल लाइफको असार ६ गते र नेसनल लाइफको असार ५ गते साधारणसभा हुँदैछ।

हिमालयन रिइन्स्योरेन्सको जेठ २५ गते साधारणसभा हुँदैछ। सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीको साधारणसभाको मिति टुंगो लागेको छैन।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS