IME Life New

एलन मस्कले छाडे ट्रम्प प्रशासनको साथ, भने यस्तो कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टेक अर्बपति तथा टेस्लाका सहसंस्थापक एलन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय सकिएको बताएका छन्।

मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक अकाउन्टमा यस्तो जानकारी दिएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी खर्च घटाउने जिम्मेवारी मस्कलाई दिएका थिए।

Esewa
Crest

जनवरीमा ह्वाइट हाउस पुगेपछि ट्रम्पले मस्कलाई नयाँ सरकारी विभाग डीओजीई (सरकारी दक्षता विभाग)को नेतृत्व सुम्पिएका थिए। बिहीबार मस्कले एक्समा लेखेका छन्, ‘विशेष सरकारी कर्मचारीका रुपमा मेरो तोकिएको समय पूरा भएपछि म राष्ट्रपति ट्रम्पलाई मलाई अनावश्यक खर्च घटाउने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु।’

‘समयसँगै डीओजीईको मिसन अझ बलियो हुँदै जानेछ र यो सरकारमा बानी बन्नेछ’, मस्कले लेखेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS