IME Life New

वर्षाै देखि चर्चा, तर अझै पनि जहाज उडाउन नसकेका नेपाली वायू सेवा कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गैर आवासीय नेपाली नागरिक भुवन भट्ट नेतृत्वको बीबी एयरवेजले अन्तर्राष्ट्रिय उडान भर्ने गरी वायू सेवा कम्पनी पुनः सञ्चालनमा ल्याउने घोषणा पटक पटक गरेपनि १२ वर्ष बितिसक्दा समेत पुनः उडान शुरू भएको छैन ।

बीबी एयरवेजले सन् २०१२ मा कम्बोडियाको टोन्ले साप कम्पनीबाट भाडामा एउटा ‘बोइङ ७५७-२०’ जहाज ल्याएर काठमाडौंबाट मलेसिया रूटमा करिब तीन महिना उडान भरेको थियो। जहाजको भाडा तिर्न नसकेपछि कम्पनीको उडान बन्द भयो। र, त्यसयता यसले उडान भर्ने भन्दै पटक पटक मिडियाबाजी गरेपनि उडाउने जहाज नै जोहो गर्न नसक्दा बन्दको बन्द छ।

Esewa
Crest

घरेलु वायू सेवा बजारमा दुइवटा नयाँ विमान कम्पनी चर्चामा देखिएका छन् । चर्चामा रहेका दुबै कम्पनीको वित्तीय सबलताको पाटो सार्वजनिक हुन बाँकी नै छ। यद्दपी दुबै प्रस्तावित वायू सेवा कम्पनीले घरेलु आकाशमा उडान भर्ने उद्देश्य सहित तयारी शुरू गरिएको जानकारी प्रकाशमा ल्याएका छन् ।

डाँफे एयरः

झण्डै तीन वर्ष अघिदेखि डाँफे एयरले सिनामङ्गलमा कार्यालय सञ्चालन गरिरहेको छ। नागरिक उड्ययन प्राधिकरणबाट उडान सम्बन्धि इजाजत पत्र समेत प्राप्त गरेको छ। यसले जहाज खरिद गर्ने घोषणा गरेपनि जहाज खरिद गर्नका लागि वित्तीय श्रोत सुनिश्चित गर्न सकेको छैन।

अर्को तर्फ अहिले विश्वबजारमा पहिले नै प्रयोगमा आइसकेका एटिआर, ड्यास एट टर्बो प्रोप विमानको अभाव भएकाले पुराना विमान भित्र्याएर सेवा शुरू गरि हाल्न पनि चुनाैती देखिएको छ।

आएसएमटी एयरः

शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको आइएसएमटी ग्रुपले नेपाल जेट ब्राण्डबाट जहाज उडाउने गरी कम्पनी दर्ता गराएको छ। नागरिक उड्ययन प्राधिकरणबाट उडान इजाजत पत्र प्राप्त गर्नका लागि पहल समेत थालेको छ।

यी दुबै कम्पनी प्रारम्भिक चरणमै रहेकाले अहिले नै यी कम्पनीको भविष्यबारे पूर्वानुमान गर्न कठिन हुनेछ । यद्दपी वायू सेवा व्यवसाय ज्यादै ठूलो लगानी, पर्याप्त प्राविधिक जनशक्ति आवश्यक हुन्छ।

घरेलु गन्तव्यमा उडान भर्ने गरी जहाज कम्पनी सञ्चालनका लागि शुरूवाती चरणमै कम्तीमा १० अर्ब रूपैयाँ लगानी आवश्यक पर्छ। नेपालको वायू सेवा बजारको सीमितताका कारण यहाँ वायूसेवासँग सम्बन्धित प्राविधिक जनशक्ति र विमान उडान योग्य दक्ष जनशक्तिको पर्याप्तता छैन।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको एक्लो धावन मार्ग, काठमाडाैं उपत्यकाको उच्च वायू प्रदुषण, जलवायू परिवर्तनका कारण हुने घना बादल र घनघोर वर्षाले पनि अवरोध गरिरहेको छ। नियमित समयमा वायू सेवा कम्पनीले जहाज उडाउन नसक्दा प्रत्येक उडान कम्तीमा २५ मिनेट देखि डेढ घण्टासम्म ढिला हुनु सामान्य झैं भई सकेको छ।

दिपेन्द्र गुरूङको झूठको खेतीः

गैर आवासीय नेपाली दिपेन्द्र गुरूङले बेलायतबाट हिमालयन जेट ब्राण्डबाट अन्तर्राष्ट्रिय उडान भर्ने झूठो घोषणा निक्कै चलाखीपूर्णरूपमा गरे। उडान भर्नका लागि जहाज खरिद नै नगरी उनले उडान भर्ने गन्तव्यको घोषणा, भावी योजना र नेपालमा आधिकारिक टिकट बिक्रेता नियुक्तिको काम समेत गर्न भ्याए। झूठो प्रचारलाई पत्यारिलो बनाउनका लागि उनले आफ्ना माता पितालाई बोइङको हेडक्वार्टर समेत भ्रमण गराए, प्रेस विज्ञप्ती जारी गराए ।

दुई वर्ष अघि १० मे २०२३ मा अष्ट्रेलियाली अनलाइन अखबार केरियनमा प्रकाशित समाचारको अंश

प्रेस विज्ञप्तीमा बोइङको कार्यालय भ्रमणको समाचार मात्र थियो, जहाज खरिदको कुनै सम्झाैता गरिएको थिएन, घोषणा भएको थिएन। यी व्यापारी दरबारमार्गमा तयारी पोशाकको खुद्रा पसले पृष्ठभूमी भएकाले पनि शुरूवातमै उनको महत्वकांक्षी योजनाबारे आशंका गरिएको थियो ।

हिमालयन जेटको वेबसाइटमा अझै पनि शुरूवाती चरणमा १८ वटा जहाजसँगै उडान भर्ने उल्लेख गर्दै विश्वका विभिन्न गन्तव्यमा उडान भर्ने जानकारी गराइएको छ। बेवसाइटमा वायूसेवासँग असम्बन्धित विभिन्न कार्यक्रमहरूको झलक समेटिएका तस्वीर राखिएका छन् । कुरो धेरै छ, तर जहाज खरिद गर्ने सम्झाैता कोसँग भएको, कहिले भएको ? कति वटा जहाज खरिद गर्ने भन्नेबारे कुनै जानकारी नै छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS