IME Life New

सर्वोच्चद्वारा गभर्नर नियुक्तिमा कारण देखाऊ आदेश जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले बुधबार गभर्नरमा पौडेलको नियुक्तिमा कारण देखाऊ आदेश जारी गरेको हो। न्यायाधीश मुसलमानको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको छ।

Esewa
Crest

हिजो मंगलबार अधिवक्तात्रय अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको गभर्नर बन्नका लागि विज्ञता नरहेको भन्दै पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका थिए। रिटमा पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा सपथसमेत गराउने निर्णय गैरकानुनी भएको दाबी गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS