काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १७.४४ अंकले बढेर २६९३.०६ को विन्दुमा बन्द भएको छ।
बजार बढ्दा ९ वटा उपसमूह बढेका छन् भने ४ वटा घटेको छ। यो दिन बैंकिङ सेक्टर सर्वाधिक १.८८ प्रतिशतले बढ्दा लघुवित्त र निर्जीवन बीमा समूह सर्वाधिक ०.२६ प्रतिशतले घटेका छन्।
आज बजारमा १४८ कम्पनीको शेयरभाउ बढेको छ भने ९७ वटाको घटेको छ। यो दिन २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज साढे ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- ङादी ग्रुप पावरः १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ
- राधी विद्युतः ६० करोड ८ लाख रुपैयाँ
- युनिभर्सल पावरः ५१ करोड ६ लाख रुपैयाँ
- बुटवल पावरः ३५ करोड ६ लाख रुपैयाँ
- कुमारी बैंकः २१ करोड ६० लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः १८ करोड ८९ लाख रुपैयाँ
- सोल्टी होटलः १८ करोड ११ लाख रुपैयाँ
- ग्लोबल आइएमई बैंकः १८ करोड ७ लाख रुपैयाँ
- एसियन लाइफः १६ करोड ६७ लाख रुपैयाँ
- अरुण काबेली पावरः १५ करोड ४२ लाख रुपैयाँ

















