काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १७ दशलमव ४४ अंकले बढेर २,६९३ को विन्दुमा कायम भएको छ । आज १४८ कम्पनीको मूल्य बढेको छ भने ९७ कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३२३ कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ५ करोड माथिको शेयर कारोबार भउको छ । राधि विद्युत कम्पनीको ६० करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ५१ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । पियोर इनर्जीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बराही हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ८४ प्रतिशतका दरले गुमाएका छन् ।

















