IME Life New

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी विद्यालय संगठन नेपाल (नेसनल प्याब्सन) र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा आयोजित पूर्व प्राथमिक तहका लागि पाठ्यक्रम निर्माण कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।

एक सातासम्म सञ्चालन भएको उक्त कार्यशालामा सातै प्रदेशका निजी विद्यालयमा कार्यरत पूर्व प्राथमिक तहका विज्ञहरू, नेपाल शिक्षक महासंघबाट सिफारिस भएका सामुदायिक तथा निजी विद्यालयका ईसिडी शिक्षकहरू, अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघ नेपालका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

Esewa
Crest

साथै, संस्थापक प्रिन्सिपलहरूको समेत उपस्थिति रहेको कार्यशालामा पूर्व प्राथमिक तह अन्तर्गत ३–४ वर्ष, ४–५ वर्ष र ५–६ वर्ष उमेर समूहका बालबालिकाका लागि आवश्यक पाठ्यक्रम तयार गरिएको छ।

पाठ्यक्रम निर्माणपछि सहभागी विद्यालयका पूर्व प्राथमिक शिक्षकहरूलाई आवश्यक प्रशिक्षण दिई उक्त पाठ्यक्रमलाई विद्यालयमा लागू गरिने निर्णय कार्यशालाले गरेको छ।

कार्यशालाको उद्देश्य शैक्षिक रूपान्तरणका लागि बालमैत्री, समावेशी र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै प्रारम्भिक बालविकास स्तरमा गुणस्तरीय सिकाइ सुनिश्चित गर्नु रहेको आयोजक संस्थाहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS