IME Life New

आपराधिक गिरोहको चक्रब्युहमा फस्यो भारतको बीमा क्षेत्र, यसरी गरियो अर्बौं रकम झ्वाम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्ला केही घटनाक्रमले आपराधिक गिरोहको चक्रब्युहमा भारतको बीमा क्षेत्र फसेको पुष्टि गरिरहेको छ। धेरै आपराधिक घटना सुनिन्छ र देखिन्छ तर जीवन बीमाको पैसा हडप्न अपराधिक गिरोहले आधा भारतलाई गुमराह बनाइरहेको खुलेको हो।

दक्षिणी भारतका राज्यहरु, जम्मु कश्मीर र रिमाचल प्रदेशबाहेक आधाजसो राज्यमा अपराधिक गिरोहले सोझासाझा मानिसलाई फन्दामा परेर बीमाको अर्बौं रकम हडप्न सफल भएको देखिन्छ। यो अपराधिक गिरोहको कर्तुत सुन्दा जोकोहीले पत्याउन सक्दैनन् तर पछिल्लो समय प्रहरीको सक्रियता केही व्यक्ति पक्राउ परेपछि बीमाको रकम हडप्न यति घिनलाग्दो योजना बनाइँदो रहेछ भन्ने कुरा ठम्याउन सकिन्छ।

Esewa
Crest

यो अपराधिक गिरोहले मरेका, मर्न लागेका र मार्ने योजना बनाएर त्यस्ता व्यक्तिको बीमा गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसपछि बीमा कम्पनीबाट ती व्यक्तिको दाबी भुक्तानीबापत अर्बौं रकम कुम्ल्याउन यो गिरोह सफल भएको भारतको उत्तर प्रदेशस्थित सम्भाल जिल्ला प्रहरीले खुलासा गरेको छ।

बीमा धोकाधडीमा संलग्न यो गिरोहका पर्दाफास अचानक एउटा कारलाई प्रहरीले आधा रातमा रोकेपछि खुलेको थियो। कारमा सवार ओकरेश मिश्रा र अमित थिए। कारबाट भारु साढे ११ लाख नगद र १९ वटा डेबिट कार्डका साथै मोबाइल बरामद भएको थियो। त्यही मोबाइलमा एक लाखभन्दा बढी मानिसको फोटो रहेको थियो।

ती मानिस यो आपराधिक गिरोहबाट फन्दामा पारिएका व्यक्ति थिए। ती मानिसहरुमध्ये कोही मर्न लागेका र कोही मरिसकेका थिए भने कोही गरिब परिवारका व्यक्ति थिए। गिरोहले ती मानिसको बीमा गर्ने र कम्पनीबाट दाबी गरेर रकम कुम्ल्याउने गर्थे।

प्रहरी अनुसन्धानबाट बीमा धोकाधडीको सञ्जाल बनाएको गिरोहले सोझा मानिसको बीमा गर्ने र पछि उनीहरुको हत्या गरी सडक दुर्घटना देखाएर बीमाको रकम असुल्ने गरेको खुलेको छ। यो गिरोह अहिलेसम्म बीमाको रकम पाउनकै लागि कम्तीमा ४–५ हत्या गरी दुर्घटना भएको देखाएको पनि प्रहरीले खुलासा गरेको छ।

प्रहरी हाल यो गिरोहमा संलग्न केही अन्य व्यक्तिलाई पनि पक्राउ गरिसकेको छ भने बाँकीको खोजी गरिरहेको छ। यो गिरोहले सयौँ मानिसको बीमा गरेर भारु साढे २ अर्ब रकम झ्वाम पारिसकेको खुलेको छ।

यो बीमा धोकाधडीको मामिला भारतको राजस्व विभागअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)ले पनि छानबिन गरिरहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS