IME Life New

शेयर बजारमा सामान्य बृद्धि, कारोबार रकम साढे ६ अर्ब माथि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ० दशलमव ८५ अंकले बढेर २,६७५ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य बढेको छ ।

आज दिनभरिमा ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै युनिभर्सल पावरको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ६३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनकिो ४७ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री, ग्रिन डेभलपमेन्ट बैंक र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । पियोर इनर्जीका लगानकिर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS