IME Life New

अस्पताल भर्ना लघु बीमालेखमा के-के छन् बीमितलाई सुविधा ? कस्ता छन् सर्त ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अस्पताल भर्ना लघु बीमालेख जारी गरेको छ। यो बीमालेख प्राधिकरणले न्यून आय र गरिब तथा विपन्न वर्गलाई लक्षित गर्दै बीमाको दायरा बढाउन प्राधिकरण यो बीमालेख जारी गरेको हो।

लघु बीमा कम्पनीबाट यो बीमालेख जारी हुन्छ। यस बीमालेखमा बीमादर प्रतिव्यक्ति प्रतिहजार ७ रुपैयाँ र प्रतिपरिवार १५ रुपैयाँ कायम गरिएको छ। परिवारमा थप प्रतिव्यक्तिको बीमादर प्रतिहजार ४ रुपैयाँ हुनेछ। परिवार भन्नाले एकाघरमा बस्ने बीमितको श्रीमान वा श्रीमती तथा छोरा–छोरी (अविवाहित) गरी बढीमा ५ जना सदस्य हुनेछन्।

Esewa
Crest

रोग वा बिरामी वा दुर्घटनाका कारणबाट अस्पताल भर्ना भई उपचार गरेमा शय्या शुल्कबापत बीमांक रकमको ३० प्रतिशत, उपचार खर्चबापत (चिकित्सक शुल्क, जाँच–परीक्षण तथा शल्यक्रियाबापत बीमांक रकमको ६० प्रतिशत, औषधि खर्चबापत बीमांक रकमको १० प्रतिशत र गर्भावस्थाका कारणले अस्पताल भर्ना हुँदा (शल्यक्रियासमेत)बापत बिलबमोजिमको रकम वा अधिकतम १० हजार रुपैयाँ सुविधाबापत बीमितले पाउनेछन्।

यस्ता छन् सर्त

  • बीमित अस्पताल भर्ना भएको जानकारी बीमकलाई छिटो सूचनाको माध्यमबाट दिनुपर्नेछ।
  • बीमितको झुठ्ठा, गलत निर्णय दिएमा वा जालसाजीपूर्ण दाबी गरेमा वा बीमालेखका सर्त उल्लंघन गरेमा बीमकले दाबी भुक्तानी गर्ने छैन।
  • चिकित्सकको सिफारिसबमोजिम नेपालबाहिर उपचारका लागि भर्ना हुँदाको खर्चसमेत बहन गरिनेछ।
  • बीमा गर्दा बीमितको उमेर अधिकतम ६५ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ।
  • बीमा प्रारम्भ भएको ३० दिनभित्र (दुर्घटना भई अस्पताल भर्ना भएको अवस्थामा बाहेक)को खर्च बीमकले भुक्तानी गर्ने छैन। तर, बीमालेख निरन्तरताको अवस्थामा यो सर्त लागू हुने छैन।
  • बीमकले एक बीमा अवधिभित्र एक परिवारका लागि बीमांक रकमभन्दा बढी रकम भुक्तानी गर्ने छैन।
  • बीमक तथा बीमितले बीमालेखको एक-एक प्रति आफूसँग राख्नुपर्नेछ।

यस्ता अवस्थामा बीमितले क्षतिपूर्ति नपाउने

  • जानी–जानी आफैँले लगाएको चोट, आत्महत्याको प्रयास,
  • कुनै पनि सौन्दर्यका लागि गरिने औषधि उपचारहरु,
  • यौन रोगसँग सम्बन्धित कुनै पनि रोग, मादक पदार्थ सेवा लागूऔषधको प्रयोग,
  • डिस्चार्ज मितिपश्चातको उपचार खर्च र उपचारका क्रममा चिकित्सकले लेखिदिएको बाहेक भिटामिन तथा औषधिहरु,
  • स्वेच्छिक गर्भपतन, बाँझोपनसँग सम्बन्धित खर्चहरु,
  • बीमालेख प्रारम्भ हुनुभन्दा अगाडि विद्यमान रोगहरु ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS