IME Life New

भ्रमण वा रोजगारीका लागि विदेश जाँदै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्रा सटहीको व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली नागरिकले भ्रमण वा रोजगारीका लागि विदेश जाँदा विदेशी मुद्रा साट्नन पाउने व्यवस्था रहेको छ। नेपाल राष्ट्र बैंकले भारतबाहेक भ्रमण वा रोजगारीका लागि विदेश जाँदा परिवर्त्य विदेशी मुद्रा सटहीको निश्चित मापदण्ड तोकेको छ।

केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि एउटाा सूचना जारी गर्दै भारतबाहेक अन्य मुलुकको भ्रमण जाने नेपालीले राहदानीबापत प्रतिपटक २ हजार ५०० अमेरिकी डलर वा सोबराबरको परिवर्त्य मुद्रासम्म सटही सुविधा प्राप्त गर्न सक्ने जनाएको छ।

Esewa
Crest

यस्तो सटही सुविधा आवश्यक कागजातका आधारमा राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

यसैगरी वैदेशिक रोजगारीका लागि जापान, दक्षिण कोरिया, युरोप महादेश, अमेरिका, क्यानडा, अस्ट्रेलिया जाने नेपाली नागरिकको हकमा अधिकतम अमेरिकी डलर ५०० र अन्य मुलुकको हकमा अधिकतम अमेरिकी डलर २०० सम्म राहदानीबापत सटही सुविधा प्राप्त गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ।

राहदानी सुविधाबापत सटही सुविधा माग गर्ने व्यक्तिले हवाई टिकट, राहदानी र भिसाको प्रतिलिपि (फोटोकपी) पेस गर्नुपर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS