IME Life New

अण्डरराइटिङ्ग घाटा बढ्दा पुनर्बीमक जिआइसी रिको खुद नाफा खुम्चियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक मात्र भारतीय पुनर्बीमक, जिआइसी रिको खुद नाफामा वार्षिक आधारमा १७ प्रतिशतले गिरावट आएको छ। उच्च जोखिमाङ्कन घाटा र संयुक्त अनुपातका कारण यसको नाफा खुम्चिएको हो।

सरकारी स्वामित्वको यो पुनर्बीमकले गत आर्थिक वर्ष २०२४-२५ को चाैथो त्रैमासिकसम्ममा जम्मा भारू २,१८३ करोड खुद नाफा आर्जन गरेको छ। भारतमा अप्रिल महिनादेखि मार्च महिनासम्मको अवधिलाइ आर्थिक वर्षको १२ महिनाको अवधि मानेर कारोबार हुने गरेको छ।

Esewa
Crest

एशियन इन्स्योरेन्स पोष्टका अनुसार, जिआइसी रिको सञ्चालक समितिको सोमबारको बैठकले गत वर्षका लागि भारू ५ अंकित मूल्यको साथ प्रति शेयर भारु १० (वा २०० प्रतिशत) को किर्तीमानी लाभांश घोषणा गरेको छ।

यद्यपि, स्वास्थ्य पुनर्बीमामा, १० औं ठूलो विश्वव्यापी पुनर्बीमकको रूपमा रहेको जिआइसी रिले चाैथो त्रैमासमा आफ्नो कुल बीमाशुल्क आम्दानी २० प्रतिशतले वृद्धि गरेर भारु १०,३६७ करोड पुर्‍याउन सफल भएको छ।

घरेलु बजारमा नेपालका दुई पुनर्बीमक सहित विश्वभरका विभिन्न एक दर्जन विदेशी पुनर्बीमा शाखाहरूसँग प्रतिस्पर्धा गर्छ। यसले चाैथो त्रैमासमा खर्च बाहेक आफ्नो लगानीबाट प्राप्त आम्दानी करिब ३० प्रतिशतले बढाएर रु.३,९०३ करोड पुर्‍याएको छ।

पुनर्बीमकले गत त्रैमासमा रु.३९२ करोडको बीमाङ्कन घाटा रेकर्ड गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा रु.५७० करोडको बीमाङ्कन नाफाको अवस्थामा थियो।

उच्च दाबी भुक्तानीको साथ, चाैथाे त्रैमासमा जिआइसी रिको संयुक्त अनुपात आर्थिक वर्ष २०२३ २४ को सोही त्रैमासको ८९.२६ प्रतिशतको तुलनामा १०३.५६ प्रतिशतमा उक्लिएको छ।

कम्पनीको दाबी भुक्तानी ४३ प्रतिशतले बढेर भारू ७,१३४ करोड पुगेको छ।

पुनर्बीमकले गत आर्थिक वर्ष २५ को अन्तिम त्रैमासिकमा भारू ५९८ करोड स्थानान्तरण गरेर आफ्नो महाविपत्ती कोष बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS