काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव २१ अंकले घटेर २,६७४ को विन्दुमा कायम भएको छ । आज ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशलमव १९ प्रतिशतका दरले कमाएका छन् । कृषि विकास बैंक डिबेञ्चरका इकाईधनीले ४ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानकिर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।


















