IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछिको पहिलो कारोबारमा शेयर बजारमा झिनो गिरावट आएको छ। आज नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४.७६ को विन्दुमा बन्द भएको हो।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटा समूह उकालो लागेको छ भने ११ वटा ओरालो लागेको छ। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.७९ प्रतिशतले बढ्दा लघुवित्त समूह सर्वाधिक १.५० प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज ९२ कम्पनीको शेयरभाउ बढेको छ भने १५५ वटाको घटेको छ। यो दिन बजारमा साढे ७ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • राधी विद्युतः ६४ करोड ३१ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ५६ करोड ८६ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ४५ करोड ३९ लाख रुपैयाँ
  • कुमारी बैंकः २१ करोड ९५ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड ३५ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १५ करोड २७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १५ करोड २० लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १४ करोड ५४ लाख रुपैयाँ
  • एभरेस्ट बैंकः १४ करोड ४१ लाख रुपैयाँ
  • बुटवल पावरः १३ करोड ५२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS