काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछिको पहिलो कारोबारमा शेयर बजारमा झिनो गिरावट आएको छ। आज नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४.७६ को विन्दुमा बन्द भएको हो।
नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटा समूह उकालो लागेको छ भने ११ वटा ओरालो लागेको छ। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.७९ प्रतिशतले बढ्दा लघुवित्त समूह सर्वाधिक १.५० प्रतिशतले घटेको छ।
बजारमा आज ९२ कम्पनीको शेयरभाउ बढेको छ भने १५५ वटाको घटेको छ। यो दिन बजारमा साढे ७ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- राधी विद्युतः ६४ करोड ३१ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ५६ करोड ८६ लाख रुपैयाँ
- युनिभर्सल पावरः ४५ करोड ३९ लाख रुपैयाँ
- कुमारी बैंकः २१ करोड ९५ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड ३५ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः १५ करोड २७ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १५ करोड २० लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः १४ करोड ५४ लाख रुपैयाँ
- एभरेस्ट बैंकः १४ करोड ४१ लाख रुपैयाँ
- बुटवल पावरः १३ करोड ५२ लाख रुपैयाँ

















