IME Life New

ईयूसँग ट्यारिफ सम्झौताका लागि डोनाल्ड ट्रम्पले बढाए म्याद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू)सँग ट्यारिफ सम्झौताका लागि समयसीमा बढाउन सहमति जनाएका छन्। उनले आफ्नो ट्रुथ सोसल अकाउन्टमा यस विषयमा जानकारी दिएका छन्।

ट्रम्पले ईयूसँग ट्यारिफ सम्झौताका लागि वार्ताको समयसीमा जुलाई ९ सम्म बढाउन सहमत भएको बताएका छन्। यसअघि युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि आइतबार ट्रम्पसँग फोनमा कुराकानी भएको जानकारी दिएकी थिइन्।

Esewa
Crest

उर्सुला भोन डेर लेयनले एक्समा लेखेकी छिन्, ‘राष्ट्रपति ट्रम्पसँग राम्रो कुराकानी भयो। ईयू र अमेरिकाको संसारमा सबैभन्दा महत्वपूर्ण र घनिष्ठ व्यापार सम्बन्ध छ। युरोप वार्तालाई छिटो र निर्णायक रुपमा अगाडि बढाउन तयार छ। राम्रो सम्झौतामा पुग्न हामीलाई जुलाई ९ सम्म चाहिन्छ।’

ट्रम्पले ट्रुथ सोसियललाई जानकारी दिए, ‘आज मलाई युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनबाट फोन आएको छ, जसमा उनले मलाई व्यापार र ईयूको सम्बन्धमा ५० प्रतिशत ट्यारिफका लागि जुन १ को समयसीमा बढाउन आग्रह गरेकी छिन्। म जुलाई ९ सम्मको समयसीमा बढाउन सहमत भएको छु।’

गत महिना ट्रम्पले ईयूबाट आउने अधिकांश सामानमा २० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए। त्यसपछि वार्ताका लागि समय दिँदै जुलाई ८ सम्ममा ट्यारिफ दर १० प्रतिशतमा घटाइएको थियो।

यद्यपि गत शुक्रबार ट्रम्पले ईयूसँगको वार्ताको गतिप्रति निराशा व्यक्त गर्दै ५० प्रतिशत ट्यारिफ लगाउने धम्की दिए। त्यसपछि अहिले वार्ताको समयसीमा बढाइएको खबर आएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS