काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर लगानीकर्तालाई सुखद खबर दिएको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले शेयर धितो कर्जाको जोखिम भारत घटाएर १०० प्रतिशत कायम गरेको हो। यसअघि शेयर धितो कर्जाको जोखिम भारत १२५ प्रतिशत रहेको छ।
शेयर लगानीकर्ता विगत लामो समयदेखि शेयर धितो कर्जाको जोखिम भारत १०० प्रतिशत कायम गर्नुपर्ने माग गर्दै आएको छ। राष्ट्र बैंकको गभर्नरमा अर्थशास्त्री विश्वनाथ पौडेल आएसँगै शेयर बजारप्रति उदार देखिएको छ।
गभर्नर पौडेलकै पहलमा लामो समयदेखि शेयर लगानीकर्ता माग गर्दै आएको एउटा महत्वपूर्ण माग पूरा भएको छ।

















