IME Life New

भारतमा एटीएम कार्डधारकलाई २० लाखसम्मको दुर्घटना बीमा, नेपालमा के छ व्यवस्था ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आजकल लगभग हरेक व्यक्तिसँग बैंकको एटीएम कार्ड वा डेबिट कार्ड हुन्छ। ग्राहकले केवल पैसा निकाल्नलाई ती कार्ड प्रयोग गर्छन्। कोही अनलाइन पेमेन्टमा पनि कार्ड प्रयोग गर्छन्।

भारतमा एटीएम कार्ड पैसा लेनदेनको माध्यममा मात्रै सीमित छैन। त्यहाँका बैंकहरुले एटीएम कार्ड लिएकै आधारमा ग्राहकलाई बीमा सुरक्षा कवच पनि दिन्छन्।

Crest

भारतका थुप्रै बैंकले एटीएम कार्डधारलाई भारु १ लाखदेखि भारु २० लाखसम्मको दुर्घटना मृत्यु कभर प्रदान गर्छन्। यो बीमा सुविधा एटीएम कार्डधारकले कुनै अतिरिक्त पैसा तिर्नुपर्दैन। यद्यपि, भारतका थुप्रै मानिसलाई यसबारे कमै जानकारी रहेको पाइएको छ।

भारतका सबै ठूला बैंक स्ट्ट बैंक अफ इन्डिया (एसबीआई), पञ्जाब नेसनल बैंक, एचडीएफसी बैंक, आईसीआईसीआई बैंक, युनियन बैंक, बैंक अफ बरोडाले आफ्ना ग्राहकलाई एटीएम वा डेबिट र्कामा एक्सिडेन्टल डेथ इन्स्योरेन्स तथा पर्ससन एक्सिडेन्ट कभर प्रदान गरेका हुन्छन्। यो इन्स्योरेन्स तब काम आउँछ जब कुनै अप्रिय घटनाका कारण ग्राहकको निधन हुन्छ।

उदाहरणका लागि भारतको एसबीआई बैंकले एसबीआई गोल्डअन्तर्गत मास्टर तथा भिसा कार्डधारकलाई ननएयर दुर्घटना बीमामा भारु २ लाख र हवाई दुर्घटना बीमामा भारु ४ लाखसम्म क्षतिपूर्ति दिन्छ।

त्यस्तै एसबीआई प्लाटिनियममा कार्डधारकले ननएयर दुर्घटना बीमामा भारु ५ लाख र हवाई दुर्घटना बीमामा भारु १० लाख रुपैयाँसम्म क्षतिपूर्ति दिन्छ।

त्यस्तै एसबीआई प्राइड (बिजनेस डेबिट कार्ड)मा कार्डधारकले ननएयर दुर्घटना बीमामा भारु २ लाख र हवाई दुर्घटना बीमामा भारु ४ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिन्छ।

एसबीआईकै प्रिमियम (बिजनेस डेबिट कार्ड)मा ग्राहकले ननएयर दुर्घटना बीमामा भारु ५ लाख र हवाई दुर्घटना बीमामा भारु १० लाख रुपैयाँसम्म क्षतिपूर्ति दिन्छ।

यसैगरी एसबीआईकै सिग्नेचर (मास्टर कार्ड वर्ल्ड डेबिट कार्ड)मा ग्राहकले ननएयर दुर्घटना बीमामा भारु १० लाख र हवाई दुर्घटना बीमामा भारु २० लाख रुपैयाँसम्म क्षतिपूर्ति दिन्छ।

भारतमा यस्तो बीमा तब सक्रिय हुन्छ जब कार्डधारले पछिल्लो ९० दिनमा उसको एटीएम कार्ड प्रयोग गरेको हुनुपर्नेछ। यसैगरी एटीएमधारकको मृत्यु बिरामी परेर नभई दुर्घटनामा भएको हुनुपर्नेछ। दुर्घटनामा परी निधन भएको खण्डमा ९० दिनभित्र बैंकमा बीमा दाबी गर्नुपर्ने सर्त भारतका बैंकहरुले राखेका छन्। यदि यी सबै सर्त पूरा नभएको खण्डमा बीमा दाबी ग्राहकले पाउने छैनन्।

नेपालमा भने केही बैंकले बैंक खाता खोल्दा तोकिएको रकम निक्षेपका रुपमा राख्दा केही घातक रोग देखिएमा ग्राहकलाई बीमा रकम उपलब्ध गराउने गरेका छन्। यस्तो बीमा कभरेज बैंकहरुले निर्जीवन बीमा कम्पनीको सहकार्यमा ग्राहकलाई प्रदान गर्दै आएका छन्। नेपालका बैंकले एटीएम कार्डमै भने दुर्घटना बीमाको सुविधा उपलब्ध गराएको अवस्था भने छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS