IME Life New

बैंकहरुमा निक्षेप झन्डै ६९ खर्ब, कर्जा प्रवाह भने सुस्तै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्जा प्रवाहले गति लिन नसक्दा बैंकहरुमा पैसा थुप्रिएको छ।

खराब कर्जा उठाउन नसक्दा बैंकहरु दबाबमा छन्। उनीहरु ध्यान अहिले कर्जा असुलीमै केन्द्रित रहेको छ। कर्जाको ब्याजदर एकल विन्दु आसपास रहे पनि अर्थतन्त्रमा सुधार आउन नसक्दा बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन।

Esewa
Crest

पछिल्लो समय शेयर धितो कर्जा बढे पनि अन्य क्षेत्रबाट कर्जाको माग खासै हुन सकेको छैन। जसका कारण बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिँदै गएको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६८ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ। यो जेठ ७ गतेको तथ्यांक हो।

उता जेठ ७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५५ खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ। बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपको ८० प्रतिशतको हाराहारीमा लगानी भएको देखिन्छ।

राष्ट्र बैंकको प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन्। यस हिसाबले अझै १० प्रतिशत लगानीयोग्य तरलता बैंकमा रहेको छ।

तरलता थुप्रिएपछि केन्द्रीय बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गरेर बैंकिङ प्रणालीबाट पैसा खिचिरहेको छ। चालु आर्थिक वर्ष २०८१।८२ मा केन्द्रीय बैंकले आजसहित ७६ पटक बैंकहरुबाट तरलता खिच्न यो उपकरण प्रयोग गरिसकेको छ।

त्यसो त नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले कर्जा प्रवाहलाई गति दिन उचित नीति ल्याउने प्रतिबद्धता गरेका छन्। चालु आर्थिक वर्षको तेस्रो त्रैमासको मौद्रिक समीक्षा यही साता आउँदैछ। समीक्षामार्फत बैंकिङ सेक्टरमा परेको दबाबलाई कम गर्न केही न केही नीति आउनेमा बैंकरहरु आशावादी छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS