IME Life New

एलआईसीले एक दिनमै सर्वाधिक जीवन बीमालेख बेचेर बनायो विश्व कीर्तिमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमक लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी)ले २४ घन्टामा सर्वाधिक बीमालेख जारी गरेर विश्व कीर्तिमान कायम गरेको छ।

एलआईसीले शनिबार जारी गरेको विज्ञप्तिअनुसार गत जनवरी २० तारेखमा यसले २४ घन्टामा कुल ५ लाख ८८ हजार १०७ वटा जीवन बीमालेख जारी गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा कीर्तिमान कायम गर्न सफल भएको हो। विज्ञप्तिमा भनिएको छ, ‘जनवरी २० मा एलआईसीका कुल ४ लाख ५२ हजार ८३९ अभिकर्ताले भारतभरि आश्चर्यजनक ५ लाख ८८ हजार १०७ जीवन बीमालेख सफलतापूर्वक जारी गरे।’

Esewa
Crest

कीर्तिमानी कायम गर्न योगदान पुर्याएकोमा अभिकर्तालाई एलआईसीले धन्यवाद दिएको छ।

यो रेकर्ड प्रयास एलआईसीका एमडी तथा सीईओ सिद्धार्थ मोहन्तीको पहलको परिणती थियो । उनले प्रत्येक अभिकर्तालाई जनवरी २० मा ‘म्याड मिलियन डे’ मा कम्तीमा एउटा बीमालेख बिक्री गर्न आह्वान गरेका थिए। यस अवसरमा बोल्दै मोहन्तीले ‘म्याड मिलियन डे’ लाई ऐतिहासिक बनाएकोमा सबै ग्राहक, अभिकर्ता र कर्मचारीलाई धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS