IME Life New

बीमामा परम सदविश्वासको सिद्धान्त अवज्ञा गर्दा बीमितलाई नोक्सानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन होस् वा निर्जीवन बीमा यी दुवै खाले बीमाका लागि बीमाको आधारभूत सिद्धान्तहरुमध्ये महत्वपूर्ण परम सदविश्वासको सिद्धान्त हो। यसमा बीमक र बीमित दुवै पक्षले एक–अर्काप्रति पूर्ण इमान्दारिताका साथ बीमासँग सम्बन्धित सूचना, जानकारी, तथ्य र प्रमाण पारदर्शी रुपमा खुलासा गर्नुपर्छ भन्ने मान्यता हुन्छ।

विश्वव्यापी रुपमा स्वीकार गरिएको यो सिद्धान्तअन्तर्गत दुवै पक्ष एक–अर्काप्रति पूर्ण इमान्दार छन् भन्ने पूर्वानुमान गरिएको हुन्छ। कुनै पनि एक पक्षबाट विश्वासघात गरिएको अवस्थामा अर्को पक्षले बीमालेखको करार भंग गर्ने कानुनी अधिकार ग्रहण गर्छ। हर्जानासमेत दाबी गर्न सक्छ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणको बीमा चिनारीमा परम सदविश्वासको सिद्धान्तका सम्बन्धमा परिभाषित गर्दै लेखिएको छ, ‘बीमक र बीमित दुवैले बीमा गरिएको जीवन वा वस्तुका बारेमा आफूले थाहा पाएसम्मको सत्य र यथार्थ कुरा भन्नुपर्दछ वा उल्लेख गर्नुपर्दछ, अत्यन्तै सानोभन्दा सानो कुरा पनि कुनै पनि बहानामा ढाँट्न पाइन्न भन्ने सिद्धान्तलाई नै परम सदविश्वासको सिद्धान्त भनिन्छ।’

बीमामा परम सदविश्वास भंग गरिएको अवस्थामा जालसाजी गरी बीमा गर्न खोजेको भन्दै बीमकले बीमितसँग हर्जाना दाबी गर्न सक्छ। बीमितलाई आफूले बीमा गराउने सम्पत्तिसँग निहीत जोखिमका बारेमा सबैभन्दा बढी जानकारी हुन्छ भन्ने मान्यता हुन्छ र यो सत्य पनि हो। त्यसैले बीमालेख प्रस्तावमार्फत वा सम्पुष्टिमार्फत बीमित वा बीमालेख धारकले दिएको जानकारीका आधारमा नै बीमकले जोखिमांकन (अन्डरराइटिङ) गरेर बीमांक र बीमाशुल्कको निर्धारण गरेको हुन्छ।

त्यसैले जीवन बीमाको प्रस्ताव गर्दा बीमा गरिने मानिसको वा सम्पत्ति बीमा गर्दा सम्पत्तिको जोखिमांकनका लागि बीमकले प्रस्ताव फारममा खुलाउनुपर्ने उल्लेख गरेको सबै विवरण सही र दोहोरो अर्थ नलाग्ने तरिकाले र कुनै पनि जानकारी गोप्य नराखी उल्लेख गर्नुपर्दछ।

प्रायः जीवन बीमालेखको प्रस्ताव फारम भर्ने क्रममा प्रस्तावकले स्वास्थ्य तथा उपचार सम्बन्धमा, औषधि सेवन र धूमपान सम्बन्धमा प्रस्तावकले इमान्दारितापूर्वक खुलासा गर्दैनन् र अभिकर्ताले समेत छ छैन भन्ने विकल्पमध्ये छैन भन्ने विकल्प मात्र चिह्न लगाउन सुझाव दिन्छन्। बीमालेखको प्रारम्भ विन्दुमै बेइमानी हुन्छ।

यसरी बीमितले विवरण ढाँटेर जीवन बीमालेख प्रस्ताव मूल्यांकनमा बीमकलाई झुक्याउन सफलता पाए पनि मृत्यु दाबीको समयमा बीमकले अनुसन्धान गर्दा ढाँटेको तथ्य सहजै खुल्छ र बीमितको हकवाला बीमाको दाबीबाट वञ्चित हुनुपर्छ। भुक्तानी प्राप्त गर्न सक्दैनन्।

सम्पत्ति बीमामा पनि बीमाको प्रस्ताव गरिएको सम्पत्ति वा मालसामानसँग निहीत जोखिमको विवरण, जोखिम प्रस्तावित सम्पत्तिसँग जोडिएको खुलासा गर्नुपर्ने कुनै पनि विवरण लुकाएको अवस्थामा बीमकले क्षतिपूर्ति दिन इन्कार गरिदिन्छ।

त्यसैले परम सदविश्वासको सिद्धान्तको बीमितले पूर्ण इमान्दारिताका साथ पालना गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS