IME Life New

निर्जीवन बीमकको औसत सोल्भेन्सी ३.२४, नियामकीय मापदण्डभन्दा दोब्बर सबल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इजाजत प्राप्तमध्ये आर्थिक वर्ष २०८०।८१ को बीमांकी मूल्यांकन गरिएका ११ वटा निर्जीवन बीमकको सोल्भेन्सी अनुपात ३.२४ रहेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार वैशाख १५ गतेसम्म लघु बीमकसमेत कुल १८ निर्जीवन बीमकमध्ये ११ बीमकको बीमांकी मूल्यांकन स्वीकृत गरिएको छ। मूल्यांकन स्वीकृत गरिएका निर्जीवन बीमकको सोल्भेन्सी अनुपात न्यूनतम २.६३ देखि अधिकतम ४.३२ सम्म रहेको छ।

Esewa
Crest
आर्थिक वर्ष २०८०।८१ को बीमांकी मूल्यांकनका आधारमा निर्धारित निर्जीवन बीमकको सोल्भेन्सी अनुपात

प्राधिकरणका अनुसार बीमांकी मूल्यांकनका आधारमा सिद्धार्थ प्रिमियरको सोल्भेन्सी अनुपात सर्वाधिक ४.३२ रहेको छ। यसैगरी दोस्रो अधिक नेपाल इन्स्योरेन्सको ४.६१ रहेको छ। सबैभन्दा न्यून सोल्भेन्सी अनुपात २.६३ सानिमा जीआईसी इन्स्योरेन्स रहेको छ।

प्राधिकरणका अनुसार सबै निर्जीवन बीमकहरुको सोल्भेन्सी अनुपात न्यूनतम नियामकीय मापदण्डभन्दा माथि रहेको छ। यसको अर्थ वित्तीय दायित्व पूरा गर्न सबै बीमक पूर्ण सक्षम छन्।

सोल्भेन्सी अनुपात १ भन्दा कम हुने बीमक वित्तीय रुपमा अस्वस्थ्य मानिन्छ र यस्तो बीमकमाथि नियामकीय निगरानी कसिलो हुँदै जान्छ। १ भन्दा कम हुनुको अर्थ बीमित तथा अन्य साहुप्रतिको वित्तीय दायित्व पूरा गर्नका लागि बीमकसँग पर्याप्त सम्पत्ति उपलब्ध छैन। सोल्भेन्सी अनुपात १.३ हुनुको अर्थ १ रुपैयाँबराबरको दायित्व पूरा गर्न बीमकसँग रु. १.३० बराबरको पुँजी सम्पत्ति उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS