काठमाडौं । नेप्से परिसूचक बिहीबार २६८८.५५ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १९.०४ अंकले बढेको छ।
बजारमा ९ अर्ब ८२ करोड रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट १३६ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ७६ करोड ४३ लाख रुपैयाँको खरिद भएको छ भने ५९ करोड ९६ लाख रुपैयाँको भएको बिक्री छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट ६४ करोड ४० लाख रुपैयाँको खरिद र ५९ करोड ७५ लाख रुपैयाँको बिक्री छ ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले बिक्री धेरै गरेका छन्।


















