IME Life New

बैंकिङ फ्रड रोक्न नयाँ विधि ल्याउँदै भारत, अब हरेक बैंकलाई छुट्टै नम्बर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चाँडै नै भारतका हरेक बैंकले छुट्टै एकल राष्ट्रिय नम्बर प्राप्त गर्नेछन्। ग्राहकले यसमा कल गर्न पनि सक्नेछन्।

यो परिवर्तनले ग्राहकलाई बैंक पहिचान गर्न र ठगीबाट आफूलाई जोगाउन मद्दत गर्नेछ। बैंकहरुले सरकारसँग ‘१६००एक्सएक्स’ शृंखला भएको व्यक्तिगत कलिङ नम्बर मागेका छन्। यसलाई चाँडै नै अनुमोदन हुने अपेक्षा गरिएको छ।

Esewa
Crest

प्रत्येक बैंकका लागि एउटा राष्ट्रिय नम्बर हुनु र त्यो नम्बरमा आगमन कलको सुविधाले ग्राहकको सुरक्षा र अनुभवमा सुधार हुनेछ। यसबारे सरकार र भारतीय रिजर्भ बैंक (आरबीआई) दुवैसँग बैंकहरुले कुरा राखेका छन्। यस विषयमा चाँडै नै स्पष्ट निर्देशन प्राप्त हुने अपेक्षा गरिएको छ।

हाल बैंकहरुले ग्राहकसम्म पुग्न १६००एक्एक्स शृंखलाका विभिन्न नम्बर प्रयोग गर्छन्। यसमा आगमन कलको कुनै सुविधा छैन। आरबीआईले जनवरीमा एक परिपत्र जारी गर्दै बैंकहरुलाई लेनदेनका लागि १६००एक्सएक्स नम्बर शृंखला र प्रवर्द्धनात्मक कलहरुका लागि १४०एक्सएक्स नम्बर शृंखलामात्र प्रयोग गर्न निर्देशन दिएको थियो।

बैंकहरुले १६००एक्सएक्स शृंखलाको प्रयोगका बारेमा आरबीआईबाट थप स्पष्टता खोजेका छन्। यसमा यी नम्बरमा आगमन कलको सुविधा र बैंकले सम्पर्क गर्न सहमति दिएका ग्राहकका लागि छुट समावेश छ।

बैंकहरुले १६००एक्सएक्स शृंखलाका नम्बरबाट ऋण चुक्ता गर्न आउने कललाई अलग गर्न आधिकारिक रुपमा छुट पनि खोज्नेछन्। धेरै पटक बैंकहरुले रिकभरी कार्य आउटसोर्स गर्छन्। यस्तो अवस्थामा के तेस्रो पक्ष रिकभरी एजेन्टहरुले पनि १६००एक्सएक्स शृंखला प्रयोग गर्नुपर्नेछ ? यसबारे स्पष्टताको आवश्यकता छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS