IME Life New

नेपालीलाई महँगोमा टिकट बेच्ने विदेशी वायु सेवा कम्पनीको कर छली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणकार्यका कारण उडान घन्टौँ कटौती भएको बहानामा हवाई भाडा दोब्बर महँगो बनाएका विदेशी वायु सेवाप्रदायकले कर छली गरेको तथ्य फेला परेको छ।

महालेखापरीक्षकको कार्यालयका अनुसार नेपालबाट विभिन्न गन्तव्यका लागि उडान भर्द यात्रुलाई टिकट बिक्री गरेका वायु सेवाप्रदायकले आयकर ऐन, २०५८ को दफा ७० को प्रावधानअनुसारको कर नेपाल सरकारलाई नबुझाएर कर छली गरेका हुन्।

Esewa
Crest

आयकर ऐनअनुसार नेपालबाट प्रस्थान हुने यात्रुको ओसारपसार गर्दा ५ प्रतिशत र नेपालबाट अर्को विदेशी मुलुक पुग्ने गरी प्रस्थान नहुने हवाई यात्रामा २ प्रतिशतका दरले कर लाग्ने व्यवस्था छ।

विदेशी वायु सेवा कम्पनीले आर्थिक वर्ष २०८०।८१ मा बिक्री गरेको हवाई टिकट र कर छली गरेको विवरण । स्रोतः महालेखापरीक्षकको कार्यालयको ६२ औँ वार्षिक प्रतिवेदन।

महालेखाले प्रकाशन गरेको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार १३ विदेशी हवाई कम्पनीले गत आर्थिक वर्षमा २०८०।८१ मा विभिन्न गन्तव्यमा नेपालबाट उडान भर्दा कर छली गरेका छन्। कर छली गरिएको २ अर्ब ३१ करोड ५५ लाख २८ हजार रुपैयाँ र सोमा लाग्ने शुल्क र ब्याज असुल गर्न छानबिन गर्नुपर्ने राय महालेखाले दिएको छ।

महालेखाका अनुसार दुबईका लागि उडान भर्ने दुई एयरलाइन्सले सबैभन्दा अधिक कुल ८८ करोड १ लाख रुपैयाँ कर छली गरेका छन्। यो रुटमा फ्लाई दुबई र इमिरेट्सले उडान भर्दै आएको छ। यसैगरी हङकङका लागि उडान भर्ने एयरलाइन्सले ३ ६ करोड ९४ लाख रुपैयाँ कर छली गरेको छ।

यसबाहेक मलेसिया उडान भर्ने एयरलाइन्सले १९ करोड २१ लाख रुपैयाँ कर छली गरेका छन्। यसैगरी दोस्रोमा साउदी अरब उडान भर्ने एयरलाइन्सले १७ करोड ९७ लाख रुपैयाँ कर छलेको छ।

कर छलीमा संलग्न १३ कम्पनीमध्ये अधिकांश खाडी मुलुकमा उडान भर्ने विदेशी वायु सेवा कम्पनी रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS