काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७ दशलमव ९४ अंकले घटेर २,६६९ को विन्दुमा कायम भएको छ । आज ९३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ५ दशलमव ७९ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

















