IME Life New

बैंकहरुको कर्जा प्रवाहलाई गतिशील बनाउन राम्रो नीति ल्याउने नवनियुक्त गभर्नर पौडेलको प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले बैंकहरुको कर्जा प्रवाहलाई गतिशील बनाउन राम्रो नीतिगत व्यवस्था ल्याउने प्रतिबद्धता गरेका छन्।

राष्ट्र बैंकमा आज पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नवनियुक्त गभर्नर पौडेलले यस्तो प्रतिबद्धता गरेका छन्। ‘कर्जा प्रवाहलाई गतिशील बनाउन आवश्यक, यसका लागि राम्रो नीतिगत व्यवस्था गरिनेछ’, उनले भने, ‘ती नीतिगत व्यवस्था राम्रोसँग परिचालन भइरहेको छ वा छैन भन्ने विषयमा ध्यान दिइनेछ।’

Esewa
Crest

बैंकहरुलाई बलियो बनाउनेतर्फ आफ्नो ध्यान रहने पौडेलले बताए। ‘बैंकहरु बलियो भयो भने सर्वसाधारणको लगानी पनि सुरक्षित हुन्छ’, उनले भने।

मौद्रिक नीतिमार्फत अहिले देखिएका समस्याहरु समाधान गर्दै लैजाने पनि पौडेलले बताए। ‘बैंकहरुको सुपरिवेक्षण गर्ने कार्यलाई पनि दरिलो बनाइनेछ’, उनले भने।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अर्थशास्त्री पौडेललाई गभर्नरमा नियुक्त गरेको हो। उनले आज बिहान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS