IME Life New

निर्माण क्षेत्र चलायमान गराउने बैंकहरुको रणनीति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्य क्षेत्रमा कर्जा विस्तार नभएपछि बैंक तथा वित्तीय संस्थाहरु घरकर्जा बढाउने रणनीतिमा देखिएका छन्। सस्तो र सुलभ ब्याजदरमा घर कर्जा दिएर कर्जा प्रवाह बढाउने र निर्माण क्षेत्र चलायमान बनाउने रणनीतिमा उनीहरु लागेका हुन्।

पछिल्लो समय घर निर्माण हुने क्रम पनि बढ्न थालेको छ। यसले बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित घर कर्जा पनि बढाउँदै लगेको देखिन्छ। ब्याजदर कम हुँदा ऋण लिएर घर बनाउन ऋणीहरुलाई सहज भएको हो।

Esewa
Crest

चालु आर्थिक वर्षको चैतसम्ममा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.९ प्रतिशतले बढेको छ। गत असारदेखि चैतसम्ममा बैंकहरुले २ खर्ब ७९ अर्ब ८८ करोड रियलस्टेट कर्जा विस्तार गरेका छन्। गत असारमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ६८ अर्ब १२ करोड रुपैयाँ घर कर्जा विस्तार गरेका थिए।

पछिल्लो समय बैंकको ब्याजदर घट्दै गइरहेको छ। साथै, बैंकहरुले घर कर्जा लिनका लागि विभिन्न अफर ल्याइरहेका छन्। यसले गर्दा ग्राहकले घर बनाउनका लागि लिने बढिरहेको बैंकर बताउँछन्।

यो जेठमा वाणिज्य बैंकहरुले एकल अंककै ब्याजदरमा घर कर्जा दिइरहेका छन्। घर कर्जाका लागि सबैभन्दा थोरै ब्याजमा ऋण प्राइम कमर्सियल बैंकले दिइरहेको छ। जेठका लागि यो बैंकको न्यूनतम ब्याजदर ५.९९ प्रतिशत छ, जुन अन्य बैंकहरुको भन्दा कम हो। बैंकको अधिकतम ब्याजदर भने १२ प्रतिशत छ। कर्जा लिनका लागि न्यूनतम ब्याजदरमा सबैभन्दा बढी प्रभु बैंकको छ। यो बैंकले ११.९९ प्रतिशतको स्थिर ब्याजदरमा घर कर्जा दिँदै आएको छ।

हिमालयन र माछापुच्छ्रे बैंकले घर कर्जामा ९.५ प्रतिशतको स्थिर ब्याजदर तोकेका छन्। सिद्धार्थ बैंकको ८.७५ प्रतिशतको स्थिर ब्याजदर घर कर्जाका लागि हुँदा कुमारी बैंकले ८.५९ प्रतिशत तोकेको छ। एनआईसी एसिया बैंकबाट घर कर्जा लिँदा न्यूनतम ८.२५ प्रतिशतदेखि अधिकतम १०.२५ प्रतिशत ब्याज तिर्नुपर्छ। ग्लोबल आइएमई बैंकले घर कर्जाका लागि न्यूनतम ६.१६ प्रतिशत र अधिकतम ९.६६ प्रतिशत ब्याज लगाइरहेको छ।

यस्तै, कृषि विकास बैंकले न्यूनतम ६.३५ प्रतिशत र अधिकतम ८.३५ प्रतिशत, एभरेस्ट बैंकले न्यूनतम ६.४५ प्रतिशतदेखि अधिकतम ८.४५ प्रतिशत ब्याजदरमा घर कर्जा दिँदै आएका छन्।

स्ट्यान्डर्ड चार्टर्डसहित ८ वाणिज्य बैंकले घर कर्जाका लागि न्यूनतम ७ देखि ८ प्रतिशतको बीचमा ब्याजदर कायम गरेका छन्। स्ट्यान्डर्डले घर कर्जाका लागि न्यूनतम ७.०२ प्रतिशत र अधिकतम ब्याजदर ९.०२ प्रतिशत कायम गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकले घर कर्जाका लागि न्यूनतम ७.०४ प्रतिशत र अधिकतम ७.७९ प्रतिशत ब्याजदर कायम गर्दा नबिलले न्यूनतम ७.२२ प्रतिशत र अधिकतम ८.९७ प्रतिशत, नेपाल एसबिआई बैंकले न्यूनतम ७.२३ र अधिकतम ९.२३ प्रतिशत, लक्ष्मी सनराइज बैंकले न्यूनतम ७.७८ र अधिकतम ९.७८ प्रतिशत, सानिमा बैंकले न्यूनतम ७.८७ र अधिकतम ९.७८ प्रतिशत ब्याजदरमा घरकर्जा दिइरहेका छन्।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्दै जाँदा घर कर्जातर्फ बैंकहरुले लगानी बढाउन थालेका छन्। एकल अंकमा ब्याज लिने योजनासहित बैंकहरुले ग्राहकलाई घर कर्जाका लागि विभिन्न अफरसमेत सार्वजनिक गर्न थालेका छन्।

अर्थतन्त्रमा आएको सुस्तता चिर्नका लागि सेयर बजार र निर्माण क्षेत्रमा कर्जा विस्तारका लागि विज्ञहरुले जोड दिइरहँदा बैंकहरु पनि त्यसतर्फ आकर्षित भएको पाइन्छ।

पछिल्ला महिनाहरुमा घर कर्जाको माग पनि बढ्दै गइरहेको बैंकर बताउँछन्। यसरी कर्जा बढेर घर बन्ने क्रम पनि बढेमा निर्माण क्षेत्रमा लगानी बढाउँदै रोजगारी सिर्जना र आर्थिक गतिविधिलाई गति दिने अवस्था आउनेछ।

घर निर्माणका क्रममा सिमेन्ट, इँटा, फलाम, काठ, बिजुली उपकरणदेखि लिएर फर्निचरसम्मको माग बढ्ने भएकाले उत्पादनमूलक क्षेत्रसमेत लाभान्वित हुने भन्दै बैंकहरुले पनि घर कर्जालाई प्राथमिकता दिन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS