IME Life New

धितोपत्र बोर्डको निर्णयले अनिश्चित बन्यो होटल क्राउन इम्पेरियलको आइपीओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रतिशेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम रहेका १३ कम्पनीलाई प्राथमिक शेयर निष्कासन (आइपीओ) प्रतीक्षा सूचीबाट हटाएपछि अर्किड होल्डिङ्स (होटल क्राउन इम्पेरियल)को आइपीओ अनिश्चित बनेको छ।

रवि भवनमा चारतारे स्तरको होटल सञ्चालन गर्दै आएको अर्किड होल्डिङ्सको प्रतिशेयर नेटवर्थ ९० रुपैयाँभन्दा पनि कम छ। यो कम्पनी सञ्चालनमा आएको वर्षदेखि नै निरन्तर घाटामा छ।

Esewa
Crest

ब्याज खर्च र बैंक कर्जाको साँवाको दबाबका कारण होटलबाट कम्पनीले नाफा कमाउन नसकेको हो। कुनै पनि चार वा पाँचतारे होटलको पूर्वाधार निर्माणमा सुरुआती चरणमै ठूलो लगानी लाग्ने र सञ्चालन खर्चसमेत अत्याधिक हुने भएकाले लगानी झिकेर नाफा कमाउने अवस्थामा पुग्न सामान्यतया ८ देखि १० वर्षसम्म लाग्छ।

खेर गयो इस्युअर रेटिङको खर्च

कुल १३१ वटा कोठा रहेको यो अर्किड होल्डिङ्सले करिब १ अर्ब रुपैयाँ लगानीमा निर्माण गरेको थियो। होटल सञ्चालनमा आएको ५ वर्षपछि यसका सञ्चालकले चुक्ता पुँजीको ३० प्रतिशत जुटाउने योजनासहित प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमै १ अर्ब १५ करोड रुपैयाँबराबरको आइपीओ जारी गर्ने प्रस्तावसहित धितोपत्र बोर्डमा आवेदन दिएका थिए। आवेदन अस्वीकृत भएसँगै यसको इस्युअर रेटिङका लागि गरिएको खर्च खेर जाने भएको छ। कुनै पनि कम्पनीले सर्वसाधारणमा शेयर निष्कासन गर्नुअघि वित्तीय सबलता परीक्षणका लागि धितोपत्र बोर्डबाट मान्यता प्राप्त रेटिङ एजेन्सीबाट अनिवार्य रुपमा रेटिङ गराउनुपर्ने प्रावधान छ।

पूर्वाधार थप्ने योजनामा अड्को

सेबोनको निर्णयले होटलमा ब्यांक्वेट हल पुनर्निर्माणका लागि अघि सारिएको योजना पनि पर धकेलिने जोखिम बढेको छ। होटलको चौथो तल्लामा रहेको ब्यांक्वेट हललाई दोब्बर ठूलो बनाउने र प्रि–इभेन्ट एरिया फराकिलो बनाउने गृहकार्य रहेको छ। यो होटलमा एसियन लाइफ इन्स्योरेन्स मुख्य प्रवर्द्धक हो। सानिमा समूहको लगानीमा लगभग उही समयमा सञ्चालनमा आएको पाँचतारे स्तरको होटल अकामा (धुम्बाराही)लाई सेबोनले पाइपलाइनबाट हटाएको छैन। एसियन लाइफको लगानी रहेको पोखरास्थित होटल माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टलाई भने धितोपत्र बोर्डले पाइपलाइनबाट हटाएको छैन।

बैंक ऋण भार कम गर्ने योजनामा तुषारापात

आइपीओमार्फत प्राप्त हुने रकमबाट बैंक कर्जाको भार कम गर्ने र होटललाई नाफामा लैजाने अर्किङ होल्डिङ्सको योजनामा धितोपत्र बोर्डको निर्णयले तुषारापात गरिदिएको छ। होटलका कर्मचारीका अनुसार पछिल्लो समयमा होटलको कोठा बिक्री र औपचारिक सभा समारोहको आतिथ्यतामार्फत हुने आम्दानी बढे पनि अझैसम्म नाफामा जान सकेको छैन।

यस्तो छ होटलको वित्तीय अवस्था

केयर रेटिङ नेपालले मार्च २०२५ मा प्रकाशन गरेको प्रेस विज्ञप्तिअनुसार अर्किड होल्डिङ्सको कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०७९।८० मा १२ करोड २० लाख रुपैयाँबाट आर्थिक वर्ष २०८०।८१ मा ३२ प्रतिशतले बढेर १६ करोड १० लाख रुपैयाँ पुगेको छ। बैठक, प्रोत्साहन, सम्मेलन र प्रदर्शनीबाट बिक्रीमा भएको सुधारका कारण राजस्वमा प्रमुख वृद्धि भएको हो।

आर्थिक वर्ष २०७९।८० मा २१.३६ प्रतिशतबाट आर्थिक वर्ष २०८०।८१ मा अकुपेन्सी दर पनि ३७.०४ प्रतिशतमा सुधार भएको छ। आम्दानी बढे पनि कम्पनीको कर र ह्रास कट्टीअघिको नाफा घटेर ११ करोड रुपैयाँमा झरेको छ। गत आर्थिक वर्षमा यसको कर र ह्रासकट्टी अघिको नाफा मार्जिन जम्मा ७.१२ प्रतिशत रह्यो।

आर्थिक वर्ष २०७९।८० मा १३ करोड रूपैयाँ उच्च ब्याज खर्चको कारण कम्पनीको खुद घाटा २१ करोड ८० लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा १३ करोड १० लाख रुपैयाँमा झरेको थियो। कम्पनीको पुँजी संरचना अघिल्लो आर्थिक वर्षमा १.५६ प्रतिशत रहेकोमा गत आर्थिक वर्षको अन्त्यमा समग्र गियरिङ अनुपात २.२८ गुणा पुगेको थियो। यसले कम्पनीको नेटवर्थ खस्किएको अवस्थालाई जनाउँछ।

गत आर्थिक वर्षमा यसको ब्याज खर्च मात्र १८ करोड ६० लाख रुपैयाँ रहेको थियो।

के हो नेटवर्थ ?

कुनै पनि कम्पनीको चुक्तापुँजी र सम्पूर्ण जगेडा (रिजर्भ)हरुको जोड नै कम्पनीको नेटवर्थ (खुद मूल्य अथवा किताबी मूल्य) हो। कुल नेटवर्थ कम्पनीको कुल शेयर संख्याले भाग गरेर प्राप्त हुने अंक नै त्यो कम्पनीको प्रतिशेयर नेटवर्थ वा शेयरको किताबी मूल्य हो। नेटवर्थलाई कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउँदा बाँकी रहने शेषका रुपमा पनि बुझ्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS