IME Life New

ग्लोबल आइएमई लघुवित्तद्वारा सांस्कृतिक प्रवर्द्धनका लागी सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १३औँ वार्षिक उत्सवको अबसरमा शाखा कार्यालय नौडाँडाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सांस्कृतिक प्रवर्द्धन कार्यक्रमको लागी कास्की जिल्ला पोखरा महानगरपालिका वडा २४ कास्कीकोट रहेको दोपहरे आमा समूहलाई आवश्यक फर्निचर स्टिल दराज र केहि थान प्लास्टिक कुर्सि वितरण गरेको छ ।

कार्यक्रमको विशिष्ट अतिथि वडा सदस्य मैया नेपाली मार्फत सो सामान हस्तान्तरण गरिएको थियो । साथै कार्यक्रमा प्रमुख अतिथि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीको उपस्थित सहित पोखरा महानगरपालिका वडा न.२४ की वडा सदस्य मैया नेपाली र अतिथि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका अनुगमन विभागका विभागीय प्रमुख यतिराज पौडेलको उपस्थिति रहेको थियो।

Esewa
Crest

उक्त कार्यक्रमा प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले यस वित्तीय संस्थाले वित्तीय कारोबार (आर्थिक कारोबार) मात्रै नभई सामाजिक उत्तरदायित्व कार्यक्रमहरु पनि गर्दै आइरहेको कुरा जानकारी गराए ।

संस्थाले वित्तीय कारोबार गरी गाउघरमा रहेका महिला दिदीबहिनीहरुलाई उद्यमशिलता बनाउनको लागि अभिप्रेरित गरिरहेको समेत जानकारी दिए ।

साथै विशिष्ट अतिथि वडा सदस्य मैया नेपालीले बोल्दै यस संस्थाको वित्तीय कार्यक्रम मार्फत सासाना घरेलु ब्यबसाय संचालन गरी उत्पादनसग जोडी आर्थिक उपार्जन गर्न सरल र सहज ब्यबस्था अनुरुप महिला दिदिबहिनिहरुको लागि नीकै महत्वपूर्ण योगदान रहेको बताउदै यस संस्थाको १३ औ वार्षिक उत्सवको अबसरमा आगामी दिनमा अझ प्रगतिको कामना सहित शुभकामना ब्यक्त गरिन् ।

विभागीय प्रमुख यतिराज पौडेलले यस वित्तीय संस्थामा मार्फत प्रदान गरीरहेको सेवा सुबिधा बारे प्रस्ट पारे ।

उक्त कार्यक्रम यसै वित्तीय संस्था नौडाँडाका स्टेशन प्रमुख भविश्वर ढकालले संचालन गरेका थिए भने कार्यक्रममा शाखा प्रबन्धक बिष्णु पन्त,फिल्ड सहायक कर्मचारी सहित दोपहरे आमा समुहका सदस्यहरुको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS