काठमाडौं । नेप्सेमा तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयरपछिको मूल्य समायोजन भएको छ । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरी मूल्य समायोजन गरेको हो।
कम्पनीको आइतबारको अन्तिम कारोबार मूल्य ५९४.११ रुपैयाँको आधारमा मूल्य समायोजन गरिएको हो । समायोजन पछि कम्पनीको शेयर मूल्य ३४७.०६ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर आज सोमबार दोस्रो बजारमा शेयरकारोबार खुल्नेछ ।

















