IME Life New

एसएमई प्लेटफर्म सञ्चालन गर्न नेप्सेले तयार गर्यो विनियमवाली, बोर्डबाट स्वीकृत हुन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एसएमई प्लेटफर्म सञ्चालनसम्बन्धी विनियमावली तयार गरेको छ। विनियमावली नेप्सेको सञ्चालन समिति (बोर्ड)को बैठकबाट भने स्वीकृत हुन बाँकी रहेको छ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार साना तथा मझौता संगठित संस्थाको शेयर कारोबार गर्न एसएमई प्लेट फर्म सञ्चालनसम्बन्धी विनियमावली तयार भइसकेको छ। ‘विनियमावलीमाथि दुईपटक बोर्ड बैठकमा छलफल पनि भइसकेको छ’, उनले भने, ‘अब बस्ने बोर्ड बैठकले स्वीकृत गर्न सक्छ।’

Esewa
Crest

नेप्सेको बोर्ड बैठकले विनियमावली पारित गरेसँगै नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाइने पराजुलीले जानकारी दिए। ‘त्यसपछि धितोपत्र बोर्डबाट स्वीकृत भएर आएपछि अन्य प्राविधिक काम अगाडि बढ्छ’, उनले भने।

गत वर्ष माघ ३ गते धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ लागू गरेको थियो। त्यसपछि धितोपत्र बोर्डले नेप्से र सीडीएससीलाई साना तथा मझौला कम्पनीको शेयर कारोबारका लागि छुट्टै एसएमई प्लेटफर्म निर्माण गरी कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो।

धितोपत्र बोर्डबाट प्राप्त निर्देशनको करिब ३ सातापछि बसेको नेप्सेको सञ्चालक समितिले साना तथा मझौला कम्पनीको शेयर कारोबारका लागि विनियमावली बनाउन ५ सदस्यीय समिति गरेको थियो। समितिको संयोजकमा नेप्से सञ्चालक समितिका सदस्य रोशनकुमार सिग्देल छन्। सिग्देल नेपाल राष्ट्र बैंकबाट नेप्से सञ्चालक समितिमा प्रतिनिधित्व गर्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS