IME Life New

वीरगञ्जको परवानीपुरदेखि पटेलनगर क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुप्चैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताएका छन् ।

वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री यादवले उक्त निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षातको समयमा हुने जल जमावटको समस्या पूर्ण रुपमा समाधान हुने र आवागमनमा समेत सहजता आउने बताएका हुन् ।

Esewa
Crest

उनले भने, “नाला तथा ढलान निर्माणपछि यो क्षेत्रको जल निकासी प्रणाली सुधार हुने र सडक व्यवस्थित हुने छ । विकास निर्माणको कार्यमा सबै पक्षको सहकार्य आवश्यक छ ।”

यसैगरी मन्त्री यादवले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नागरिकको दैनिक जीवन सहज बनाउन यस्ता आयोजना निकै महत्वपूर्ण रहेको रहेको समेत उल्लेख गरे ।

उनले भने, “खानेपानी तथा ढल निकासको क्षेत्रमा निकै उल्लेख्य कामहरु भएका छन् । नागरिकको दैनिक जीवन सहज बनाउन सरकार पूर्ण प्रतिबद्ध छ ।”

मन्त्री यादवले उक्त क्षेत्र आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने भएकाले यस वडाका जनताको समस्या बुझेर उनीहरुको सुविधाका लागि आवश्यक बजेट विनियोजन गरी यो कार्यको शुभारम्भ गरिएको समेत जानकारी दिए ।

शुद्ध खानेपानी वितरण, नाला तथा ढलान निर्माणजस्ता जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सेवा सुविधाहरूलाई प्राथमिकतामा राख्दै ती कार्य समयमै सम्पन्न गर्न समेत मन्त्री यादवले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिए ।

रु एक करोड ७२ लाखको लागत शिलान्यास गरिएको उक्त नाला तथा ढलान निर्माण वडानं १८ सुप्चैना र वडा नं २१ परवानीपुर सम्म एक हजार २५६ मिटर लम्बाई रहेको वीरगञ्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारले जानकारी दिए ।

उक्त नाला तथा ढलान निर्माण कार्य प्रारम्भ भएपछि अब सहज र व्यवस्थित जल निकासी प्रणाली पाउने भन्दै यहाँका स्थानीयबासीहरुले खुसी व्यक्त गरेका छन् । वर्षौँदेखि जल जमावटका समस्याबाट आजित बन्दै आएका यहाँका स्थानीयवासीले अब सहज र व्यवस्थित जल निकासी प्रणाली पाउने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS