काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ भने चाँदी स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ रुपैयाँले घटेको हो । यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ८४ हजार २ सय रुपैयाँ कायम भएको हो। गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । यससँगै आज चाँदी १ हजार ९४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि चाँदी तोलाको १ हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो।

















