IME Life New

बढ्दो ऋणको थुप्रोबीच मुडिजले पनि अमेरिकाको गर्‍यो घटुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको बढ्दो ३६ खर्ब डलरको ऋणको थुप्रोको चिन्ताका कारणले गर्दा रेटिङ एजेन्सी मुडिजले अमेरिकी सार्वभौम क्रेडिट रेटिङलाई अवमूल्यन (घटुवा) गरिदिएको छ।

मुडिजले शुक्रबार जारी गरेको रेटिङ मूल्यांकनसम्बन्धी प्रेस विप्तिमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर कटौतीको प्रयासले ऋण भारलाई थप जटिल बनाउने र विश्वव्यापी बजारमा तरंगहरु पैदा गर्न सक्ने जोखिम औँल्याउँदै अवमूल्यन गरेको हो।

Esewa
Crest

मुडिजले पहिलोपटक सन् १९१९ मा संयुक्त राज्य अमेरिकालाई यसको पुरानो ‘त्रिपल ए’ रेटिङ दिएको थियो । यो रेटिङलाई अवमूल्यन गर्ने तीन प्रमुख क्रेडिट एजेन्सीमध्ये यो अन्तिम हो। शुक्रबार एक अंकले कटौती ‘डब्बल ए वन’मा झारिएको छ। यो सन् २०२३ मा व्यापक वित्तीय घाटा र उच्च ब्याज भुक्तानीका कारण एजेन्सीको सार्वभौम दृष्टिकोणमा परिवर्तनपछिको अर्कोे अवमूल्यन गरिएको रेटिङ हो।

‘क्रमिक अमेरिकी प्रशासन र कांग्रेसले ठूलो वार्षिक वित्तीय घाटा र बढ्दो ब्याज लागतको प्रवृत्तिलाई उल्टाउने उपायहरुमा सहमति जनाउन असफल भएका छन्’, मुडिजले प्रेस विज्ञप्तिमा भनेको छ, ‘किनकि यसले अमेरिकाको आफ्नो दृष्टिकोणलाई नकारात्मकबाट स्थिरमा परिवर्तन गरेको छ।

यो घोषणाले ट्रम्पका नजिकका मानिसहरुबाट आलोचना निम्त्याएको छ। ट्रम्पका पूर्ववरिष्ठ आर्थिक सल्लाहकार र हेरिटेज फाउन्डेसनका अर्थशास्त्री स्टिफन मूरले यो कदमलाई ‘अपमानजनक’ भन्दै प्रतिक्रिया दिएको एशिया इन्स्योरेन्स पोस्टले लेखेको छ। ‘यदि अमेरिका समर्थित सरकारी ऋणपत्रहरु ‘त्रिपल ए’ सम्पत्ति होइनन् भने के हो ?’, भन्दै उनले रोयटर्सलाई प्रतिप्रश्न समेत गरेका छन्।

ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिवन चेउङले सामाजिक सञ्जाल पोस्टमार्फत अवमूल्यनको प्रतिक्रिया दिए, ‘मुडिजका अर्थशास्त्री मार्क जान्डीलाई ट्रम्पविरोधी हुन्।’

जान्डी मुडिज एनालिटिक्सका प्रमुख अर्थशास्त्री हुन्। जुन क्रेडिट रेटिङ एजेन्सी मुडिजबाट अलग संस्था हो।

जनवरी २० मा ह्वाइट हाउसमा फर्किएदेखि ट्रम्पले बजेट सन्तुलन गर्ने बताएका छन् । उनका ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले बारम्बार भन्दै आएका छन् कि वर्तमान प्रशासनले अमेरिकी सरकारको कोष लागत घटाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS