IME Life New

हाइड्रोको फर्जी ‘क्लेम’मा संलग्न राष्ट्रिय बीमा कम्पनीका कर्मचारीविरुद्ध कारबाहीको सिफारिस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले भेरी बबई हाइड्रोपावर आयोजनाको निर्माण कम्पनीलाई बीमा दाबी भुक्तानी दिएको विषयमा छानबिन गर्न नेपाल बीमा प्राधिकरणलाई सिफारिस गरेको छ।

महालेखाको ६२ औँ वार्षिक प्रतिवेदनमा राष्ट्रिय बीमा कम्पनीबाट निर्माण कम्पनीलाई ८ करोड ६० लाख रुपैयाँ क्षतिपूर्ति भुक्तानी भएको विषयमा बीमकको कर्मचारी र सर्भेयरविरुद्ध छानबिन गरी आवश्यक कारबाही गर्न राय दिएको हो। भेरी बबई हाइड्रोपावर आयोजनाको एक निर्माण व्यवसायीले ३ करोड रुपैयाँमा सम्पन्न गरेको कफर ड्यामलगायत अन्य संरचनामा २०७७ असार ८ गते आएको बाढीबाट क्षति भएपछि राष्ट्रिय बीमा कम्पनीमा बीमा दाबी प्रस्तुत गरेको थियो।

Esewa
Crest

सर्भेयरले आयोजनाको अन्तरिम भुक्तानी र रनिङ बिलवापत ८ करोड ८८ लाख ३० हजार रुपैयाँ क्षतिको मूल्यांकन गरेको र राष्ट्रिय बीमा कम्पनीले ८ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेको थियो।

महालेखाका अनुसार बीमा कम्पनीले निर्माण कम्पनीलाई क्षतिपूर्ति भुक्तानी दिए पनि दाबी भुक्तानी शंकास्पद भएको देखिएपछि पुनर्बीमा कम्पनीले पुनर्बीमा दाबीबापतको रकम नै भुक्तानी दिएको छैन। महालेखाले भनेको छ, ‘भुक्तानीयोग्य रकमभन्दा बढी भुक्तानीका लागि बीमक र सर्भेयरउपर प्राधिकरणले छानबिन गरी आवश्यक कारबाही गर्नुपर्दछ।’

बीमा ऐन, २०७९ को दफा ९८(१) मा नेपाल बीमा प्राधिकरणले बीमा, बीमा मध्यस्थकर्ता, अन्य बीमा सेवाप्रदायक वा प्रदायक वा त्यस्तो बीमक, बीमा मध्यस्थकर्ता, वा अन्य बीमा सेवा प्रदायकसँग सम्बन्धित व्यक्ति वा संस्थाको कारबाहीको सम्बन्धमा जुनसुकै बेला नियमन, निरीक्षण वा अनुगमन गर्नसक्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS