IME Life New

सामाजिक सुरक्षा कार्यक्रमबाट ९५ करोड भारतीय लाभान्वित भएको मोदीको दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सुरक्षा कार्यक्रमबाट ९५ करोड भारतीय नागरिक लाभान्वित भएको दाबी गरेका छन् ।

आइतबार उनले मासिक रेडियो प्रशारण, ‘मन की बात’ लाई सम्बोधन गर्दै मोदीले सन् २०१५ सम्म सरकारी योजनाको लाभ २५ करोडभन्दा कम मानिसमा सीमित रहेको प्रसंग उल्लेख गर्दै आफूले सत्ता सम्हालेयता ठूलो उपलब्धी हासिल गरेको सुनाए।

Esewa
Crest

रेडियो प्रसारणमा, मोदीले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को प्रतिवेदनलाई उद्धृत गर्दै भने, भारतको ६४ प्रतिशतभन्दा बढी जनसंख्याले कुनै न कुनै प्रकारको सामाजिक सुरक्षा लाभ पाइरहेका छन्।

“हाल, भारतको अधिकांश जनसंख्याले कुनै न कुनै सामाजिक सुरक्षा लाभ लिइरहेको छ र हालै अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को एक धेरै महत्त्वपूर्ण प्रतिवेदन बाहिर आएको छ। यस प्रतिवेदनमा उल्लेख गरिएको छ कि भारतको ६४% भन्दा बढी जनसंख्याले अब निश्चित रूपमा कुनै न कुनै प्रकारको सामाजिक सुरक्षा लाभ प्राप्त गरिरहेको छ,” मोदीले भने।

यो विश्वको सबैभन्दा ठूलो सुरक्षामध्ये एक हो, उनले भने।

प्रेस इन्फरमेशन ब्यूरो अफ इण्डियाका अनुसार, भारतमा स्वास्थ्य सेवाका लागि आयुष्मान भारत स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ। यो कार्यक्रम अन्तर्गत ३९ करोड ९४ लाख सुविधा कार्ड पत्र जारी गरिएको छ। यो योजना अन्तर्गत प्रति परिवार भारू ५ लाखसम्मको उपचार खर्च सरकारले नै व्यहोर्छ।

प्रधानमन्त्री गरिब कल्याण अन्न योजना अन्तर्गत गरिब विपन्न परिवारलाइ सरकारले निःशुल्क राशन उपलब्ध गराउँदै आएको छ। यो कार्यक्रमबाट ८० करोड ६७ लाख जनसंख्याले यो लाभ प्राप्त गरिरहेका छन् ।

अनाैपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षाका लागि इ श्रम पोर्टल सञ्चालनमा ल्याएको छ। यो कार्यक्रम अन्तर्गत ३० करोड ६८ लाखले नामांकरण गराएका छन् । नामांकन गरिएका मध्ये ५३.६८ प्रतिशत महिला छन् ।

अटल पेन्सन सामाजिक सुरक्षा योजना अन्तर्गत ७ करोड २५ लाख गरिब, विपन्न, अनाैपचारिक क्षेत्रमा कार्यरत श्रमिक लाभान्वित भएका छन्। प्रधानमन्त्री जीवन ज्योती बीमा योजना र प्रधानमन्त्री सुरक्षा बीमा योजना सरकारी सामाजिक सुरक्षाको उल्लेख्य का्र्यक्रम हुन् । यो कार्यक्रमबाट सरकारले ४३,३६९.९८ करोड भारू बराबरको लाभ सरकारले वितरण गरिसकेको छ।

गरिबी निवारण सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत २४ करोड ८० लाख जनसंख्या लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS