IME Life New

‘लघु बीमकको दिगोपनाका लागि अन्तर्राष्ट्रिय अभ्यासका आधारमा व्यवस्था गर’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीमान्तकृत र विपन्न वर्गलाई समेत बीमाको सुरक्षा छाताभित्र समेट्न लघु बीमाको विस्तार गर्ने उद्देश्यले स्थापित लघु बीमा कम्पनीहरु ठूला बीमा कम्पनीसँगको प्रतिस्पर्धामा रुमल्लिएका छन्।

बीमा कम्पनीको संख्या थपिएसँगै बीमाको विस्तार हुने र आममानिसमा बीमाको पहुँच पुग्ने भनिए पनि लघु बीमकको संख्या थपिए पनि सीमान्तकृत, विपन्न र किसान वर्गलाई अझै पनि बीमाको सुरक्षा दायराभित्र समेट्न अपेक्षाकृत सफलता मिलेको छैन।

Esewa
Crest

लघु बीमा कम्पनीहरु सहर र सहरोन्मुख क्षेत्रमै परम्परागत प्रकृतीको बीमालेख र परम्परागत बिक्री शैलीका माध्यमबाट बिक्री गर्न केन्द्रित हुँदा बजारमा ठूला बीमकसँग चुनौती खेप्नु परिरहेको छ।

महालेखापरीक्षकको कार्यालयले नेपाल बीमा प्राधिकरणको आर्थिक वर्ष २०८०।८१ को लेखापरीक्षणपछिको ६२ औँ प्रतिवेदनमा समग्र बीमा व्यवसायमा लघु बीमाको हिस्सा न्यून रहेको उल्लेख गरेको छ। महालेखाले लघु बीमा कम्पनीहरु ठूला बीमा कम्पनीहरुसँग प्रतिस्पर्धा गरी व्यवसाय गर्नुपर्ने अवस्थाले लघु बीमाको विस्तार हुन नसकेको निष्कर्ष निकालेको छ।

लेखापरीक्षणपछि लघु बीमा सम्बन्धमा टिप्पणी गर्दै महालेखाले प्राधिकरणलाई सुझावसहित भनेको छ, ‘लघु बीमा कम्पनीहरुको दिगोपना, बजारको जोखिम तथा अन्तर्राष्ट्रिय अभ्यासलगायतका आधारमा उपयुक्त व्यवस्था गर्नुपर्छ।’

हाल ५ अर्ब अधिकृत पुँजी भएका १४ ठूला जीवन बीमक र ७५ करोड अधिकृत पुँजी भएका ३ लघु जीवन बीमक सञ्चालनमा छन्। यसैगरी २ अर्ब ५० करोड अधिकृत पुँजी भएका १४ निर्जीवन बीमक र ७५ करोड अधिकृत पुँजी भएका ४ लघु निर्जीवन बीमक सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS