IME Life New

भारतको तन्नेरी पुस्ता बचतभन्दा पनि जोखिम बहन गर्ने जीवन बीमालेख चाहन्छ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको जीवन बीमा बजारमा दीर्घकालीन बचत प्रकृतीको जीवन बीमालेख भन्दा पनि जोखिम मात्र बहन गर्ने प्रकृतीको म्यादी बीमालेखको माग बढ्दो छ।

टाटा एआईए लाइफ इन्स्योरेन्सले अनुसन्धान संस्था, निलसेन आईक्यूसँगको साझेदारीमा गरेको बजार सर्वेक्षण अनुसार, भारतमा तन्नेरी पुस्ताका जागिरेमध्ये ३१ प्रतिशतका लागि म्यादी जीवन बीमा सर्वाधिक लोकप्रिय बीमालेखमा परेको छ।

Esewa
Crest

सर्वेक्षणमा सहभागि २१ देखि २८ वर्ष उमेर समूहका उत्तरदाताहरूमा केन्द्रित यो सर्वेक्षणले यूवा वयस्कहरूमा वित्तीय सुरक्षातर्फ स्पष्ट परिवर्तन देखाएको छ। उनीहरूका लागि म्यादी बीमा जीवन बीमाको विकल्पहरू मध्ये उत्कृष्ट विकल्प हो।

प्रतिवेदनले तन्नेरी पुस्ताले म्यादी बीमालेख रोज्नुका पछाडी यसको सिधा र प्रष्ट शर्तहरू, किफायती बीमाशुल्क र दीर्घकालीन सुरक्षाको प्रत्याभूति मुख्य कारण हुन् ।

सर्वेक्षणमा सहभागि जागिरे तन्नेतहरूले म्यादी जीवन बीमाका लागि तयार देखिएकामध्ये ५७ प्रतिशत उत्तरदाताले मासिक भारू २ हजार(३ हजार २ सय नेपाली रूपैयाँ) बीमाशुल्कका लागि भुक्तानी गर्न तत्परता देखाएका छन् ।

सर्वेक्षणमा सहभागिहरूमध्ये १८ प्रतिशतले पहिले नै पेन्सन र  अन्य अवकाश योजनाहरूबारे विचार गरेको पाइएको छ। ६० प्रतिशत उत्तरदाताहरूले जीवन बीमा छनौट गर्दा स्वास्थ्य लाभलाई प्रमुख कारक मान्छन् । यस्तो प्रकृतीका बीमालेखको लागि पुरुषहरू (६५प्रतिशत) ले महिलाहरू (५४ प्रतिशत) भन्दा बढी रुचि देखाएका छन् ।

तन्नेरी पुस्ता डिजिटल प्रविधिबाट जानकार र अभ्यस्त भएपनि सर्वेक्षणमा सहभागिमध्ये ५३ प्रतिशतले बैंक सल्लाहकारहरू मार्फत जीवन बीमा खरिद गर्न रुचाउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS