IME Life New

बीमा प्राधिकरण सबैका लागि न्यायोचित रुपले अगाडि बढोस्ः ओम केसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेसागत बीमा अभिकर्ता महासंघका महासचिव ओमबहादुर केसीले नेपाल बीमा प्राधिकरण सबैका लागि न्यायोचित रुपले अगाडि बढ्नुपर्ने धारणा राखेका छन्।

बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा महासचिव केसीले यस्तो धारणा राखेका हुन्। ‘विषम परिस्थितिबाट आममानिसलाई बीमाका माध्यमबाट जोड्ने यो क्षेत्रलाई समन्वय गरेर बीमामा शुद्धीकरण र व्यवस्थित गर्नका लागि प्राधिकरणले आमबीमितहरु र आमसरोकार पक्षहरुलाई समग्र हितका लागि आगामी दिनहरुमा र आजसम्म भइरहेका काम र आगामी दिनहरुमा अझै व्यवस्थित रहेर सबैलाई न्यायोचित रुपले अगाडि छ भन्ने पूर्ण अपेक्षा छ’, उनले भने।

Esewa
Crest

केसीले आउने दिनहरुमा बीमासँग जोडिएका सरोकारवाला पक्षहरु र बीमासँग जोडिने बीमितहरु सबैले बीमा प्राधिकरणले समयसापेक्षिक र न्यायोचित कामहरु अगाडि बढाउने विश्वास पनि व्यक्त गरे। ‘आउँदा दिनहरुमा बीमा क्षेत्र सुखद् रहनु र सबैको पहुँच बीमासँग जोडियोस्। जोखिमबाट कुनै पनि व्यक्ति, समुदाय तथा व्यवसाय टाढा नरहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS