IME Life New

पोखरामा ५७औँ बीमा दिवसका अवसरमा बीमा सचेतना कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पोखरा । बीमा बैंकिङ तथा लगानी अध्ययन समूहले ५७ औँ बीमा दिवसका अवसरमा ‘सबैका लागि बीमा, सुरक्षित भविष्यका लागि आधार’ भन्ने मूल नाराका साथ पोखरा लेखनाथमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसमा बीबीए, बीआई तथा बीबीए फाइनान्समा अध्ययनरत विद्यार्थीद्वारा स्थापित बीमा, बैंक र लगानीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, अनुसन्धान तथा प्रचारप्रसार गर्ने उद्देश्यले स्थापित गरिएको समूहले कलेजको प्राँगणमा स्कुल अफ बिजनेसका निर्देशक डा. सिर्जन ज्ञवालीले ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेका थिए। सडक नाटक, बीमा गीतसहितको नृत्य, विभिन्न बीमासम्बन्धी नारासहितका र्यालीले खुदीबजार, पावर हाउसलगायतका स्थानहरु परिक्रमा गरेको थियो।

Esewa
Crest

अध्यक्ष कुसुम श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव अनुभूति घिमिरेले गरेकी थिइन् । र्यालीमा २०० भन्दा बढी विद्यार्थीले प्लेकार्डसहित गाउँ तथा सहर परिक्रमा गरेका थिए।

कार्यक्रमअन्तर्गत आयोजित र्यालीले बीमाको महत्त्वबारे आमनागरिकमा जानकारी फैलाउने उद्देश्य राखेको थियो। र्यालीमा बीमा क्षेत्रका विज्ञ, विद्यार्थी, स्थानीय समुदायका प्रतिनिधि तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। र्याली लेखनाथका मुख्य बजार क्षेत्र परिक्रमा गरी बीमाको आवश्यकता, लाभ तथा सामाजिक सुरक्षामा यसको भूमिकासम्बन्धी जनचेतना फैलाउने उद्देश्यसहित आयोजित गरिएको हो।

यस अवसरमा आयोजित सडक नाटकले बीमा नहुँदा व्यक्ति तथा परिवारले भोग्नुपर्ने आर्थिक संकट र बीमा भएमा त्यसबाट प्राप्त सुरक्षा कवचलाई भावनात्मक तरिकाले प्रस्तुत गर्यो। नाटकले बीमा सेवाप्रति विश्वास अभिवृद्धि गर्ने र सबै नागरिकलाई बीमाको पहुँचमा ल्याउने सन्देश दिएको थियो।

समूहका तर्फबाट अध्यक्ष कुसुम श्रेष्ठले भने, ‘बीमा नाफाको माध्यम मात्र होइन, सामाजिक सुरक्षा तथा जोखिम व्यवस्थापनको आधार पनि हो। हामी यो कार्यक्रममार्फत बीमा नीतिको व्यावहारिक महत्व जनमानसमा पुर्याउन चाहन्छौँ।’

यस कार्यक्रमले पोखरा क्षेत्रका नागरिकमा बीमा सेवाप्रति चेतना अभिवृद्धि गर्न सघाउ पुर्याउने विश्वास गरिएको छ। समूहले आगामी दिनमा पनि वित्तीय साक्षरताका विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS