IME Life New

मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

डोल्पाको मुड्केचुला गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका बिच भगिनी सम्बन्ध कायम भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले सोमबार भगिनी सम्बन्ध कायम सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ६ दफा २६ अनुसारका क्षेत्रमा साझेदारी गर्ने गरी दफा २६ को (ट) अनुसार भगिनी सम्बन्ध कायम गरिएको हो ।

Esewa
Crest

गाउँपालिका अध्यक्ष र महानगर पालिका प्रमुखले विभिन्न ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम गरे । शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन, पूर्वाधार, संस्कृति, संयुक्त उद्यम, भौतिक तथा आर्थिक सहयोग लगायतका विभिन्न असल अभ्यास अनुभव आदानप्रदानका लागि भगिनी सम्बन्ध स्थापना गरिएको हो ।

समझदारी पत्रमा दुवै पालिकाले धार्मिक तथा पर्यटकीय स्थलको स्थानीय तवरबाट प्रचार–प्रसार गर्ने, दुवै पालिकामा उत्पादित मौलिक कृषि उपजको एकापसमा बजारीकरण गर्ने, उद्यमशीलताको वृद्धि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्यमशीलता विकास गर्ने लगायतका बुँदा रहेका छन् ।

भरतपुर महानगरका प्रमुख दाहालले भगिनी सम्बन्ध कायमसँगै अब दुई पालिकाबीच सहयोग आदानप्रदान हुने बताइन् । विकट जिल्लाको मुड्केचुला गाँउपालिकामा सरकारको आँखा नपुगेकाले विकासबाट बञ्चित हुन पुगेको बताइन् ।

त्यस्तै उनले दुई पालिकाबीच अन्तरसंस्कृति घुलनका लागि यस सम्बन्धले सहयोग गर्ने उल्लेख गरिन् । मुड्केचुला गाउँपालिकाका अध्यक्ष शाहीले भरतपुर महानगरबाट यहाँका असल अभ्यासको सिकाई गर्न भगिनी सम्बन्ध फलदायी हुने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS