IME Life New

ठूलो संख्यामा कर्मचारी कटौती गर्दै माइक्रोसफ्ट, करिब ३%ले जागिर गुमाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको दिग्गज टेक कम्पनी माइक्रोसफ्टले ठूलो संख्यामा कर्मचारी कटौती गर्ने भएको छ।

कम्पनीले कुल वर्कफोर्सको करिब ३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको हो। जसअनुसार ६ हजार ८०० जना कर्मचारीले रोजगारी गुमाउनेछन्। हाल कम्पनीमा करिब २ लाख २८ हजार कर्मचारी कार्यरत छन्।

Esewa
Crest

माइक्रोसफ्टमा सन् २०२३ पछि यो सबैभन्दा धेरै कर्मचारी कटौती गर्न लागिएको हो। त्यतिबेला माइक्रोसफ्टले १० हजार कर्मचारी कटौती गरेको थियो।

मिडिया रिपोर्टका अनुसार यो कटौती कर्मचारीको पफर्मेन्सका आधारमा हुने छैन। कम्पनीको प्रदर्शन अझै उत्कृष्ट बनाउन आवश्यक भएकोले कर्मचारी कटौती गरेर केही बदलवा गर्न लागिएको कम्पनीको प्रवक्ताले बताएका छन्।

गत जनवरीमा मेटाले पनि ३ हजार ६०० कर्मचारी कटौती गरेको थियो। यसबाट कम्पनीका करिब ५ प्रतिशत कर्मचारी प्रभावित भएका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS