IME Life New

बीमा क्षेत्र अझै विश्वसनीय बन्न सकेको छैनः अध्यक्ष ओझा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्र अझै आममानिसका लागि विश्वसनीय बन्न नसकेको बताएका छन्।

बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवका अवसरमा आज बिहान प्रभातफेरीपछि भृकुटीमण्डपमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष ओझाले यस्तो धारणा राखेका हुन्। उनले बीमा क्षेत्रलाई विश्वसनीय बनाउन सबै सरोकारवाला लागिपर्नुपर्ने बताए।

Esewa
Crest

आमजनतामाझ जनचेतना जगाएर र बुझाएर बीमा क्षेत्रको विश्वसनीयता बढाउनुपर्ने अध्यक्ष ओझाको भनाइ थियो। ‘बीमा क्षेत्रको विस्तारका लागि बीमा सूचना केन्द्र खोल्ने सरकारले नीति लिएको छ’, उनले भने, ‘बीमकहरुले पनि आफ्नो सामाजिक दायित्वअन्तर्गत छुट्याइएको कोषमार्फत बीमा चेतना अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ।’

प्राधिकरणमा उजुरीका चाङ रहेको उल्लेख गर्दै अध्यक्ष ओझाले यसले पनि बीमाप्रति आममानिसको धारणा सकारात्मक नरहेको संकेत गर्ने बताए। ‘सबै कुरा शून्य गर्न सकिँदैन तर प्रयास गरेर धेरै कुरा सम्भव छ’, उनले भने।

आगामी ५८ औँ वार्षिकोत्सव मनाइरहँदा बीमाप्रतिको आमधारणा पनि सकारात्मक बनेको उत्साह जाग्ने हिसाबले अगाडि बढ्न अध्यक्ष ओझा बीमकहरुलाई निर्देशन दिए।

कार्यक्रममा जीवन बीमक संघका अध्यक्ष एवं सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पोषकराज पौडेलले आजको प्रभातफेरी फेरि–फेरि गर्दा बीमाको दायरा बढोस् भन्ने शुभकामना दिए। नेपाल बीमक संघका अध्यक्ष एवं सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सीईओ वीरेन्द्र बैदवार क्षेत्रीले सरकारले नीति तथा कार्यक्रममा स्वास्थ्य बीमालाई प्राथमिकता दिए पनि जीवन र निर्जीवन बीमा कम्पनीलाई उत्साह हुने खालको कुनै पनि कार्यक्रम नसमेटेकोमा गुनासो पोखे। ‘यो कुरा सरकारले बजेटमा ल्याउन प्राधिकरणले पहल गर्ने हाम्रो विश्वास छ’, उनले भने।

क्षेत्रीको गुनासोमा प्राधिकरणका अध्यक्ष ओझाले सरकारले पहिले ल्याएका कार्यक्रमहरु बीमा कम्पनीहरुले कति पूरा गरे वा गरेनन् भन्ने मनन गर्नुपर्ने बताए। ‘सरकारले यसअघि ल्याएका कार्यक्रम तथा नीतिमा हामीले कति कार्यान्वयन गर्यौँ, त्यो पहिले मनन गर्नुपर्छ’, उनले भने, ‘तर, अहिलेको सरकार बीमा क्षेत्रप्रति सकारात्मक नै रहेको मैले पाएको छु।’

कार्यक्रममा नेपाल लघु बीमक संघका अध्यक्ष एवं गार्डियन माइक्रो लाइफका सीईओ चिरायु भण्डारीले बीमा अत्यावश्यक रहे पनि आममानिसले त्यति चासो नदिनुमा बीमकहरुकै कमजोरी रहेको औँल्याएका छन्। ‘बीमा अत्यावश्यक छ तर मानिसहरु आफैँ बीमा गर्न आउँदैन’, उनले भने, ‘यस्तो किन भइरहेको छ ? हामीमै कमी–कमजोरी छ जस्तो मलाई लाग्छ। त्यसैले बीमा सचेतना बढाउन सबै लाग्नुपर्छ।’

पेसागत बीमा अभिकर्ता महासंघका केन्द्रीय महासचिव ओमबहादुर केसीले बीमा विस्तारका लागि सबै सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए। ‘आजसम्म हामी नियामक निकाय र बीमा कम्पनीका प्रतिनिधि तथा कर्मचारी र अभिकर्ताहरु सबै बीमा क्षेत्रको विकासमा लागिरहेको छौँ’, उनले भने, ‘आगामी दिनमा पनि यो सहकार्य रहिरहनेमा म विश्वस्त छु।’

कार्यक्रममा नेपाल सर्भेयर संघका अध्यक्ष मोहन पुरुष ढकालले बीमा क्षेत्रको विस्तार अझै विस्तार होस् भन्ने शुभकामना दिए। ‘अहिले ४०–४३ प्रतिशत जनसंख्यामा बीमाको विस्तार भएको छ’, उनले भने, ‘यो संख्या अझै विस्तार होस्।’

कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले स्वागत मन्तव्य राखेका थिए। उनले आजको प्रभातफेरी बीमा क्षेत्रको उत्साह उजागर गरेको बताए। ‘यसले बीमा आवश्यक र औचित्य झल्काउँछ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS