IME Life New

बजार अनुसार ‘अपग्रेड’ नहुँदा गोरखा डिपार्टमेण्टको व्यापार लगातार खस्किंदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हकाठमाडौं । कुनै बेला पूर्वी नेपालमा किनमेलको लागि लोकप्रिय गन्तव्यका रूपमा रहेको गोरखा डिपार्टमेण्ट स्टोरको कारोबार तीनवर्षयता लगातार खस्किंदै गएको छ।

पूर्वी नेपालमा डिपार्टमेण्ट स्टोरमा किनमेलको संस्कृती बसालेको २५ वर्ष लामो इतिहास बोकेको यो डिपार्टमेण्ट स्टोर पूर्वका मुख्य शहरी गन्तव्यहरूमा भाटभटेनी  सुपरस्टोर उपस्थितिसँगै खुम्चिंदै गएको हो। भाटभटेनीको उपस्थिति बढ्दै जाँदा गोरखा डिपार्टमेण्टले प्रतिस्पर्धामा टिक्न लागि नयाँ रणनीति अपनाउन सकेन, फलस्वरूप यसको कारोबार अंक क्रमशः सुक्दै जान थालेको छ।

Esewa
Crest

रेटिङ एजेन्सी केयर रेटिङ्गस नेपालका अनुसार, गोरखा डिपार्टमेण्टले गत आर्थिक वर्ष २०८०।८१ मा जम्मा ६० करोड ३० लाख रूपैयाँ बराबरको आम्दानी गरेको छ। यो अघिल्लो आव २०७९।८० को तुलनामा २९ प्रतिशत घटी हो। अघिल्लो आवमा स्टोरको वार्षिक आम्दानी ८४ करोड ७० लाख रूपैयाँ थियो। त्यो भन्दा पनि अघिल्लो आव २०७८।८९मा यसको आम्दानी झण्डै एक अर्ब नजिक अर्थात ९१ करोड २० लाख रूपैयाँ बराबर थियो।

मागमा आएको कमिसँगै यसको व्यापार लगातार ओरालो लाग्दै गएको छ। २०७९।८० को तुलनामा २०८०।८१ मा यसको ब्याज, ह्रास र कर कट्टी अघिको मुनाफा मार्जिन भने १४.९३ रह्यो छ। ब्याज खर्च भारका कारण यसले गएको वर्ष २ करोड ९० लाख रूपैयाँ नगद नोक्सान व्यहोर्नु परेको छ।

भाटभटेनीले थपेको चुनाैतीः

भाटभटेनी सुपर स्टोरको लोकप्रियता मात्र नभएर पर्याप्त पार्किङ सुविधा, खानपिन, मनोरञ्जनको सुविधा र तुलनात्मकरूपमा मालसामानको अधिक संकलनका कारण गोरखाका बफादार ग्राहक पनि भाटभटेनीको आँगनमा खुट्टा टेक्न पुगेका हुन् । इटहरीमा गोरखा डिपार्टमेण्टलाई चुनाैती दिंदै सिनेमा घर सहितका ठूला ठूला सपिङ मल खुलेका छन् ।

पूर्वी नेपालको इटहरी, दमक, बिर्तामोडको शहरीकरण भर्खरै बिस्तार हुँदै गर्दा ठूलो लगानीमा सुपर स्टोर खोलेर एउटै छानामुनी नुन देखि सुनसम्म किन्ने सुविधा प्रदान गरेर गोरखा डिपार्टमेण्ट स्टोरले पूर्वका बासिन्दालाइ गुण लगाएको हो। तर दीर्घकालीन सोच नहुँदा, यो कम्पनीको सुनाैलो इतिहास धेरै वर्षसम्म चाहिँ टिक्न सकेन। यो सुपरस्टोरको सबैभन्दा ठूलो कमी भनेको, पार्किङको सुविधा बिल्कुलै नहुनु हो।

इटहरीमा व्यस्त राजमार्ग छेउमा ठिङ उभिएको गोरखा डिपार्टमेण्ट स्टोरको आँगन नै छैन, दमक, पथरी र बिराट चोक(सुन्दर हरैचा) मा पनि उही अवस्था छ। अपेक्षित व्यापार हुन नसकेपछि गोरखा डिपार्टमेण्टको धरान शाखा छोटो समयमै बन्द गर्नु परेको थियो। गोरखा डिपार्टमेण्ट स्टोरले भाटभटेनी सुपरस्टोरको अवधारणासँग मेल खानेगरी धरानमा भूमिगत पार्किङ, सभा हल, ब्याङ्कवेट र सिनेमा घर सहितको पूर्वाधार निर्माण गरेपनि सञ्चालन भने गर्न सकेन।

डिपार्टमेण्ट स्टोरहरूमा सप्ताहन्तमा किनमेलका लागि सपरिवार जानेहरू किनमेलमात्र नभएर खानपिन, घुमघाम, मनोरञ्जनका लागि समेत उद्देश्य हुन्छ। यो चाहनालाई भाटभटेनी सुपरस्टोरले सम्बोधन गरेपनि गोरखा डिपार्टमेण्टसँग किनमेल बाहेकका अन्य सुविधा एउटै छानामुनी उपलब्ध छैन।

अचेलको पुस्ताका तन्नेरी हुन् वा बालबालिका समोजा र चाउमिन भन्दा पनि पिज्जा र बर्गर रूचाउन थालेका छन् । यस्ता ग्राहकका लागि गोरखा डिपार्टमेण्ट स्टोर रोजाईको गन्तव्य हुन सकेको छैन।

चारपाङ्ग्रे सवारी लिएर महिनाभरका लागि घरपरिवारका लागि चाहिने सामाग्री खरिद गर्ने वा महँगा लुगा, गहना किनमेल गर्न चाहनेहरू गोरखा डिपार्टमेण्टको ब्राण्ड सम्झिएपनि पार्किङ सुविधा नहुँदा यस्तो सुविधा भएको अन्य गन्तव्यमा जान्छन् ।

यस्तो पायो क्रेडिट रेटिङः

केयर रेटिङ्गस नेपालले ५८ करोड ६० लाख दीर्घकालीन कर्जाका लागि बी माइनस, ३० करोड कोषमा आधारित अल्पकालीन कर्जा र ३ करोड गैर कोष आधारित कर्जाका लागि एफो रेटिङ पाएको छ। यो रेटिङले कम्पनीको वित्तीय अवस्था कमजोर रहेको संकेत गर्छ।

केयर रेटिङ्गसले, गाेरखा डिपार्टमेण्ट स्टोरले आफ्नो सञ्चालनलाई नाफामुखी रूपमा बढाउने र चालू पूँजी आवश्यकतालाई तर्कसंगत बनाउने क्षमता बढाउनुपर्ने चुनाैती रहेको टिप्पणी गरेको छ। केयर रेटिङ्गसले प्रेस विज्ञप्तीमा भनेको छ, यी पक्षमा सुधारबाट मात्र यसको ब्याज खर्च व्यहोर्ने क्षमता र सोल्भेन्सी सूचकहरूमा सुधार आउनेछ ।

२०५६ सालदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेण्ट स्टोरमा अन्जु आचार्य खत्रीको एकल स्वामित्व रहेको छ। शुरूवाती दिनमा गोरखा डिपार्टमेण्टमा साझेदार रहेका मारवाडी मूलका व्यापारीको सपरिवारको दुःखद निधनपछि यो कम्पनी खत्री परिवारको एकल स्वामित्वमा रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS