IME Life New

राष्ट्रिय बीमा कम्पनीको खुद ब्यापार ६४ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य वित्तीय सूचक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा र कुल बीमाशुल्क आर्जन घटेको छ ।

२६ करोड ६६ लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रिटेन्ड अर्निङमा २ अर्ब ४६ करोड २५ लाख रुपैयाँ छ । स्पेसल रिर्जभमा ३ अर्ब १३ करोड, महाविपत्ती कोषमा ६८ करोड ९० लाख र अन्य इक्विटीमा १० अर्ब २९ करोड रुपैयाँ रहेको छ ।

Esewa
Crest

तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब २ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब १५ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.५८ प्रतिशतले घटेको हो ।

यस अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ८५ करोड ४१ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षो सोही अवधिमा कम्पनीले १ अर्ब ५ करोड खर्चिएको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म १६ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १० करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६४ प्रतिशतले बढेको हो ।

यस अवधिसम्म कम्पनीले ३९ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५१ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा घटेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS