IME Life New

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा २५ करोड १९ लाख, खुद ब्यापार १ अर्ब २९ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचक घटेको छ ।

२ अर्ब ६२ करोड रपैयाँ शेयर पूँजी भएको कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विशेष जगेडामा २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ४१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६२ करोड ६१ लाख रुपैयाँ र अन्य इक्विटीमा ५१ करोड २२ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

कम्पनीले तेस्रो त्रैमाससम्म २५ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४७ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ४७ प्रतिशतले घटेको हो ।

तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब १२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन घटेको छ ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब २९ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क घटेको छ ।

समीक्षा अवधिसम्ममा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ६५ करोड रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ७५ करोड खर्चिएको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको सोल्भेन्सी मार्जिन रेसियो २ दशलमव ७५ प्रतिशत रहेको छ । कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ ८१ पैसा रहेको छ। पीई रेसियो ५५.९८ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २४८.८२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS