IME Life New

निष्ठा जमानी बीमा के हो ? कस्तो अवस्थामा गरिन्छ यस्तो बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा व्यवसायले जारी गर्ने विभिन्न बीमा बीमालेख अन्तर्गत नगद कारोबारको सुरक्षाका लागि जारी गरिने बीमालेखमध्ये निष्ठा जमानी(लोयल्टी ग्यारेण्टी) बीमा पनि एक प्रकारको बीमा हो । यो बीमा खासगरी नगदको नियमित कारोबार हुने र ठूलो परिमाणमा कारोबार हुने व्यवसायका लागि उपयोगी हुन्छ।

यो बीमालेखले कुनै कम्पनीको नगद कारोबार सम्हाल्ने कर्मचारीले बदनियतपूर्वक नगद हिनामिना गरेमा बीमा कम्पनीले हिनामिना भए बराबरको रकम क्षतिपूर्ती प्रदान गर्छ। उदाहरणका लागि कुनै बैंकको क्यासियरले दैनिक १० देखि ५० लाख रूपैयाँ नगद गणना गर्ने, दिने लिने गर्छ। कारोबार गर्ने क्रममा भल्टमा हाल्नुपर्ने पैसा खल्तीमा हालेर कर्मचारी बेपत्ता भयो भने, यस्तो अवस्थामा बीमा कम्पनीले बैंकलाइ नगद क्षतिपूर्ती प्रदान गर्नेछ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणले मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशन २०८१ मा निष्ठा जमानी बीमालेख सम्बन्धि प्रावधान समावेश गरेको छ। यो बीमा विशेष गरी बैंक तथा वित्तीय संस्था तथा नगद कारोबार गर्ने संस्थाको नगद कारोबारको सुरक्षामा हुनसक्ने जोखिम बहनका लागि लागू गरिएको हो।

निर्देशनमा उल्लेख भए अनुसार, निष्ठा जमानी बीमालेखको बीमाङ्क रकम, सम्बन्धित कर्मचारीले बेइमानीपूर्ण कार्य गरी रोजगारदाता कम्पनीलाई हानी पुर्याउन सक्ने जोखिममा रहेको अधिकतम रकम कायम गरिएको हुन्छ।

यो बीमालेख खरिद गर्ने समयमा बीमितले बीमाङ्क कायम गर्दा रक्षावरण गर्नुपर्ने आफ्नो कर्मचारी वा कामदारको नाम तथा पदको विवरण बीमकलाई उपलब्ध गराउनुपर्छ।

यो बीमामा एक पटक बीमालेख जारी भई सकेपछि बीमालेख अवधिभर बीमित संस्थाले बीमाङ्क रकम, बीमाशुल्क तथा दररेट सम्बन्धमा असर पर्ने गरी थपघटको सम्पुष्टी जारी गर्न बीमकलाई दबाब दिन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS