IME Life New

‘दक्षिण कोरियामा मौसमी कामदार पठाउने विषयमा कुनै सम्झौता भएको छैन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने विषयमा कुनै सम्झौता नभएको स्पष्ट पारेको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस विषयमा स्पष्टोक्ति दिएको हो। मौसमी कामदार पठाउने सम्बन्धमा नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच सम्झौता भएकोले भागिनी सम्झौता कायम गरेका स्थानीय तहहरुले मन्त्रालयमा सम्पर्क गर्नुपर्ने भन्ने व्यहोराको गत चैत २५ प्रकाशित झुट व्यहोराको प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा प्रचार गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ।

Esewa
Crest

यसअघि गत मंसिर २० गते उल्लेख गरी प्रकाशित झुटो व्यवहोराको प्रेस विज्ञप्ति आधारहीन तथा तथ्यहीन रहेको जानकारी मन्त्रालयले माघ २४ गते प्रेस नोटमार्फत सार्वजनिक गरेको थियो।

यस विषयमा मन्त्रालयबाट थप कुनै पनि निर्णय नभएको विज्ञप्तिमा उल्लेख छ। ‘मौसमी कामदारका विषयमा हालसम्म कुनै मितिमा कुनै पनि सूचना आह्वान भएको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले त्यस्ता आधारहीन र तथ्यहीन विषयमा मन्त्रालयको लेटर हेड र छापको दुरुपयोग गरी यस मन्त्रालयको महाशाखा प्रमुखको नामको कीर्ते हस्ताक्षरसहितको विज्ञप्ति प्रकाशन गरी भ्रम फैलाइरहेकोमा त्यस्तो काम गर्ने व्यक्ति, समूहमाथि कारबाही गर्न सम्बन्धित निकायमा पत्राचारसमेत भइसकेको छ।’

त्यस्ता भ्रमपूर्ण प्रेस विज्ञप्तिबाट सचेत र सजक रहन मन्त्रालयले सबैलाई आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS