IME Life New

वाणिज्य बैंकहरुमा ५०%ले बढ्यो शेयर लोनको माग, रु. १ खर्ब बढी प्रवाह (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म १ खर्ब रुपैयाँ बढी शेयर धितो कर्जा (शेयर लोन) प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका २० वटामध्ये १९ वटा वाणिज्य बैंकले चैतसम्म १ खर्ब १ अर्ब ६० करोड ७० लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुले ६७ अर्ब ५२ करोड ४९ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा शेयर लोनको माग ५०.४७ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा १७ वटा बैंकको शेयर लोन प्रवाह बढेको छ भने २ वटाको घटेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने शेयर लोन दिएको छैन।

चालु आर्थिक वर्षको चैतसम्म नबिल बैंकबाट सबैभन्दा धेरै शेयर लोन गएको छ। यो वर्षको चैतसम्म नबिलले १४ अर्ब ५० करोड ७१ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ११ अर्ब ६१ करोड ३६ लाख रुपैयाँ शेयर लोन दिएको थियो। अघिल्लो वर्षको तुलनामा यो बैंकको शेयर लोन २४.९२ प्रतिशतले बढेको छ।

दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। चालु आर्थिक वर्षको चैतसम्म बैंकबाट ११ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ शेयर लोन गएको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ६८.२४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म ग्लोबल आइएमईले ६ अर्ब ९२ करोड ८१ लाख रुपैयाँ शेयर लोन दिएको थियो।

तेस्रोमा कुमार बैंक रहेको छ। चालु आर्थिक वर्षको चैतसम्म कुमारी बैंकबाट ९ अर्ब १३ करोड ९४ लाख रुपैयाँ शेयर लोन गएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकबाट ४ अर्ब १ करोड ७० लाख रुपैयाँ शेयर लोन गएको थियो। अघिल्लो वर्षको तुलनामा बैंकबाट गएको शेयर लोन १२७.५२ प्रतिशतले बढेको छ।

यसैगरी यो वर्ष चैतसम्म सिद्धार्थ बैंकबाट ८ अर्ब ५२ करोड ३७ लाख रुपैयाँ, नेपाल बैंकबाट ७ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ, प्राइम कमर्सिल बैंकबाट ७ अर्ब ७८ करोड ७१ लाख रुपैयाँ, सिटिजन्स बैंकबाट ६ अर्ब ८५ करोड १ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकबाट ५ अर्ब २१ करोड ३८ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकबाट ४ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ शेयर लोन गएको छ। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा सिद्धार्थको शेयर लोन प्रवाह ५४.९९ प्रतिशत, नेपाल बैंकको ४३.६८ प्रतिशत, प्राइमको ८७.८८ प्रतिशत, सिटिजन्सको ५४.५१ प्रतिशत, लक्ष्मी सनराइजको ६०.७४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको १७.२७ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको चैतसम्म प्रभु बैंकबाट ४ अर्ब ६५ करोड २१ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ३ अर्ब २२ करोड ८९ लाख रुपैयाँ, कृषि विकास बैंकबाट ३ अर्ब ३ करोड ७४ लाख रुपैयाँ, एभरेस्ट बैंकबाट २ अर्ब ७७ करोड ५३ लाख रुपैयाँ र सानिमा बैंकबाट २ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ शेयर लोन गएको छ। अघिल्लो वर्षको शेयर लोन प्रवाह प्रभु बैंकको ४४.६९ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ५८.८१ प्रतिशत, कृषि विकास बैंकको १३६.५७ प्रतिशत, एभरेस्ट बैंकको ३५.४४ प्रतिशत र सानिमा बैंकको ५१.१२ प्रतिशतले बढेको छ।

चैतसम्म एनआईसी एसिया बैंकबाट २ अर्ब ४३ करोड १६ लाख रुपैयाँ, हिमालयन बैंकबाट २ अर्ब ११ करोड ६१ लाख रुपैयाँ, एनएमबि बैंकबाट २ अर्ब ९ करोड ४१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकबाट १ अर्ब ८१ करोड ४२ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकबाट ६१ करोड ३९ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा एनआईसी एसिया बैंकको ४१.७२ प्रतिशत र हिमालयन बैंकको ०.७४ प्रतिशतले घट्दा एनएमबि बैंकको १३२.९० प्रतिशत, माछापुच्छ्रे बैंकको २६४.६८ प्रतिशत र नेपाल एसबीआई बैंकको ३८८.३२ प्रतिशतले शेयर लोन प्रवाह बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS